माइक्रोम्याक्सको क्यू ३२७ स्मार्टफोन बजारमा उपलब्ध

काठमाडौं, ५ वैशाख । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३२७ (Q327) ग्राहकहरु समक्ष ल्याएको छ ।

नयाँ स्मार्टफोन क्यू ३२७ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा १ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडीद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

माइक्रोम्याक्सको नयाँ फोनमा ४ इन्चको डब्लूभीजीए स्क्रीन राखिएको छ भने यसमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा १.२ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।Pic 1

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो स्मार्टफोनमा १४५० एमएएचको ब्याट्री रहेको छ ।

यसमा कनेक्टिभिटीका लागि थ्रीजी सपोर्ट रहेको छ ।

बजेट फोनको रुपमा भित्रिएको यो स्मार्टफोनको मूल्य ६,१९३ रुपैंया तोकिएको छ ।