लाभाको ब्राण्ड एम्बेस्डरमा क्रिकेटर धोनी नियुक्त, ब्राण्ड प्रबद्र्धन हुने कम्पनीको अपेक्षा

Technology Khabar २९ चैत्र २०७२, सोमबार

लाभाको ब्राण्ड एम्बेस्डरमा क्रिकेटर धोनी नियुक्त, ब्राण्ड प्रबद्र्धन हुने कम्पनीको अपेक्षा

काठमाडौं ।

काठमाडौं, २९ चैत । मोबाइल हेडसेट निर्माता कम्पनी लाभा इन्टरनेशनलले आफ्नो ब्राण्डलाई सशक्त बनाउन भारतीय क्रिकेटर महेन्द्र सिँह धोनीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । भारतीय कम्पनीले आईतवार दिएको जानकारीअनुसार सिमित ओभर क्रिकेट कप्तान धोनीलाई भारतीय बजारमा लाभाको ब्राण्ड प्रबद्र्धन अन्तरगत छनौट गरिएको हो ।

कम्पनीका उपाध्यक्ष सोलोमन व्हीलरले भने, ‘उनलाई ब्राण्ड एम्बेस्डर बनाउँदा आफ्ना ग्राहकहरुलाई विश्वासनिय उत्पादन र सेवा दिने हाम्रो संकल्प स्पष्ट भएको छ ।’

लाभा कम्पनीले भारतको नोयडामा आफ्नो पहिलो एसेम्बल्ड प्लान्ट स्थापना गरेको छ, जहाँबाट वार्षिक २१.६ करोड यूनिट फोन सेट उत्पादन गर्नका लागि २ हजार ६ सय १५ करोड भारतीय रुपैंया लगानी गर्न चाहेको छ ।

लाभाको ब्राण्ड एम्बेस्डर भएपछि धोनीले भने, ‘म लाभासँग जोडिँदा निकै खुशी भएको छ साथै उनीहरुसँग घनिष्ठतासँग काम गर्नका लागि उत्साहित रहेको छु ।’

सन् २००९ मा स्थापना भएको लाभा इन्टरनेशनल कम्पनीको सन् २०१४ ०१५ मा कूल आम्दानी १.२ अर्ब डलर रहेको थियो ।

लाभाले हाल नेपालसहित, थाईल्याण्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान, इण्डोनेशिया, मेक्सिको, मध्य पूर्वका देशहरु तथा रुसमा पनि कारोबार गर्दछ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: २९ चैत्र २०७२, सोमबार