एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

Technology Khabar २३ चैत्र २०७२, मंगलवार

एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

काठमाडौं ।

काठमाडौं, २३ चैत । एप्पलको नयाँ आईफोनको बारेमा भित्री विषयहरु लीक गर्दै आएको मिंग ची कुओले आईफोन सेभेन प्लसको बारेमा नयाँ समाचार सार्वजनिक गरेका छन् । नयाँ समाचारअनुसार आईफोन सेभेन प्लस (iPhone 7 Plus) मा ड्यूल क्यामरा सेटअप हुनेछ ।

कुओले एप्पलको आउने आईफोन सेभेनमा ड्यूल क्यामरा सेटिंग हुने निश्चित भएको विश्वास गरेका छन् । आईफोन सेभेन प्लसमा मात्र ड्यूल क्यामरा आईसाइट (Dual Camera iSight) हुने विश्वास गरिएको छ । एप्पलको आईफोन सेभेन प्लसमा ५.५ इन्चको स्क्रीन पनि हुनेछ ।

तर ड्यूल क्यामरा सेटअप आईफोनकै ४.७ इन्चको आईफोन सेभेनमा भने हुनेछैन् । ड्यूल क्यामरा सेटअप प्रिमियम फीचरको रुपमा अाउन सक्नेछ ।iphone-7-concept-camera-patent-6

कुओकाअनुसार एप्पलका प्रतिस्पर्धि कम्पनीहरु शिओमी, जेडटिई, लेनोभोलगायतले आगामी दिनमा ड्यूल क्यामरा स्मार्टफोन सिस्टमसहितको स्मार्टफोन ल्याउने तयारी गरिरहेका छन् । यी लगायत अन्य कम्पनीहरुले पनि एप्पलको आउने आईफोन सेभेन प्लसलाई बजारमा चुनौती दिने अपेक्षा गरेका छन् ।

कुओले यसअघि पनि एप्पलका विभिन्न फीचर, हार्डवेयर स्पेशिफिकेशन, मूल्य लगायतको पूर्वानुमान गरेर मिलाईसकेका छन् ।

त्यस्तै उनले आगामी दिनमा ठूला डिस्प्लेको साटोमा सानो डिस्प्ले भएको आईफोनको माग बिस्तारै घट्ने अनुमान गरेका छन् । हालै सार्वजनिक भएको आईफोन एसईको माग र त्यसको बारेमा ग्राहकहरुको रुची निकै कम भएको बिवरणहरु आईरहेका छन् ।

उता केजीआई सेक्यूरिटीज एलालिस्ट, जसले एप्पलको आगामी उत्पादनहरुको बारेमा स्पष्टरुपमा पूर्वानुमान गर्ने गरेका छन्, उनले लगानीकर्तालाई पठाएको नोटअनुसार एप्पलले सन् २०१६ को पहिलो अर्धवार्षिकमा ८५ मिलियनदेखि ९५ मिलियन आईफोन यूनिटसम्म शिपमेन्ट हुनेछ । यस्तो शिपमेन्ट अघिल्लो वर्षको अर्धवार्षिक अवधिमा १०५ मिलियन देखि ११५ मिलियन यूनिट रहेको थियो ।

यो वर्ष एप्पलले करिब १९० मिलियन देखि २१० मिलियन यूनिट आईफोन मात्र बिक्री गर्नसक्ने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको २३२ मिलियन आईफोन यूनिट बिक्रीको तुलनामा निकै कम हो ।

माध्यम

easy care

प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

ताजा समाचार