हुवावेको नयाँ स्मार्टफोन ‘पी नाइन’ आउँदै, हुवावे प्रेसिडेन्टले नयाँ फोन परिक्षण प्रयोग गरे

Technology Khabar ८ चैत्र २०७२, सोमबार

हुवावेको नयाँ स्मार्टफोन ‘पी नाइन’ आउँदै, हुवावे प्रेसिडेन्टले नयाँ फोन परिक्षण प्रयोग गरे

काठमाडौं ।

काठमाडौं, ८ चैत । हुवावेको पी नाइन (Huawei P9) को बारेमा पछिल्ला दिनहरुमा विभिन्न तस्विर तथा जानकारीहरु आईरहेका छन् । यहि बेला हुवावेका प्रेसिडेन्टले ड्यूल क्यामरासहितको स्मार्टफोन प्रयोग गरेको तस्विर सार्वजनिक भएको छ ।

हुवावेका प्रेसिडेन्टले प्रयोग गरिरहेको उक्त स्मार्टफोन हुवावेको नयाँ फ्ल्यागशिप पी नाइन भएको रिपोर्टहरुले जनाएका छन् । तर यो तस्विर र जानकारीको कुनै सुनिश्चितता भने भएको छैन् ।Huawei P9_02

हालै लीक भएको यो स्मार्टफोनको तस्विरहरु हेर्दा यसअघि लीक भएको तस्विरसँग मिल्दो जुल्दो रहेको छ ।huawei P9-3

चीनियाँ कम्पनी हुवावेको नयाँ आउन लागेको स्मार्टफोन पी नाइन आउँदो अप्रिल ६ तारिखमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ । यो स्मार्टफोनको आधिकारिक टिजर केहि समय अघि सार्वजनिक भएको थियो, जसमा ड्यूल क्यामरा सेटअप (Dual Camera Setup) भएको स्पष्ट भएको थियो ।

पी नाइनमा किरिन ९५० चीपसेटद्धारा संचालिन हुनेछ भने ५.२ इन्चको १०८० पीक्सेलको डिस्प्ले हुने अनुमान गरिएको छ । यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज हुनेछ ।

हुवावे पी नाइन स्मार्टफोनमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअप हुनेछ भने ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा हुने अनुमान गरिएको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्रीहुनेछ ।

माध्यम १ माध्यम २  स्रोत

easy care

प्रकाशित: ८ चैत्र २०७२, सोमबार

ताजा समाचार