हुवावेको पी नाइन अप्रिल ६ मा घोषणा हुँदै, चार विभिन्न संस्करणहरु आउन सक्ने

Technology Khabar २७ फाल्गुन २०७२, बिहीबार

हुवावेको पी नाइन अप्रिल ६ मा घोषणा हुँदै, चार विभिन्न संस्करणहरु आउन सक्ने

काठमाडौं ।

काठमाडौं २७ फागुन । हुवावेको नयाँ स्मार्टफोन पी नाइन (P9) यहि अप्रिलमा सार्वजनिक हुने भएको छ । कम्पनीले यसको लागि मिडियालाई सेभ दि डेट (Save the date) नोट पठाउन शुरु गरेको छ ।

हुवावेकोे निकै चर्चामा रहेको पी नाइन स्मार्टफोन यहि अप्रिल ६ तारिखमा कम्पनीले घोषणा गर्दैछ । हुवावेले यो फोनको लागि चेन्ज दि वे यू सी दि वल्र्ड (Change the way you see the world) भन्ने स्लोगन राखेको छ ।

कम्पनीले नयाँ स्मार्टफोनको लागि निकै यूनिक र चाखलाग्दो ह्यासट्याग #00 प्रयोग गरेको छ । कम्पनीले प्रयोग गरेको ह्यासट्यागलाई आधार मान्दा यसअघि नै आएका चर्चाहरु जस्तै हुवावे पी नाइनमा दुईवटा क्यामरा सेटअप रहेको छ ।

त्यस्तै यसअघिको कम्पनीले सार्वजनिक गरेको पी एटको (Huawei P8) फ्ल्यागशिपको रुपमा आउने पी नाइनको विभिन्न संस्करणहरु आउने अनुमान गरिएको छ । यसअघि नै पी नाइनको चारवटा संस्करणहरु आउने विभिन्न माध्यमबाट सार्वजनिक भएको थियो ।huawei-p9-1

यो स्मार्टफोनको मूख्य मोडलमा ५.२ इन्चको स्क्रीन रहेको छ भने किरिन ९५० चीपसेट प्रयोग गरिएको छ । त्यस्तै पी नाइन म्याक्समा ६.२ इन्चको क्यूएचडी स्क्रीन हुने अनुमान छ भने पी नाइन लाइटको बारेमा भने जानकारी छैन् ।

easy care

प्रकाशित: २७ फाल्गुन २०७२, बिहीबार