सामसुंगको ग्यालेक्सी जे वान मिनी सार्वजनिक, सामसुंगको इन्ट्री लेभलको स्मार्टफोन

काठमाडौं २७ फागुन । सामसुंगले प्रिमियम तहको स्मार्टफोनहरुका साथै बजेट फोन पनि सार्वजनिक गरिरहेको छ । कम्पनीले इमर्जिंग मार्केटमा आफ्नो हिस्सा बढाउन बजेट फोन पनि ल्याउने गरेको छ ।

बढ्दो नयाँ बजारलाई ध्यानमा दिएर कम्पनीले बजेट फोन सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी जे वान मिनी (Galaxy J1 Mini) सार्वजनिक गरेको छ । सामसुंगले सार्वजनिक गरेको ग्यालेक्सी जे वान मिनी स्मार्टफोन यसअघि सार्वजनिक भएको ग्यालेक्सी जे वान एनएक्सटी (Galaxy J1 nxt) जस्तै रहेको छ ।Samsung-Galaxy-J1-Mini-front

सामसुंगको ग्यालेक्सी जे वान एनएक्सटी स्मार्टफोन हाल बंगलादेशमा ८८ डलरमा मात्र उपलब्ध रहेको छ । तर सामसुंगले ल्याएको नयाँ जे वान मिनी फिलिपिन्सको बजारमा सार्वजनिक गरिएको हो । कम्पनीले फिलिपिन्सको वेबसाइटमा यो फोन लिस्ट गरेको छ ।

सामसुंगको जे वान मिनी स्मार्टफोनमा ७६८ एमबीको र्याम राखिएको छ ।

यो स्मार्टफोनमा ४ इन्चको टिएफटी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०x८०० पिक्सेल राखिएको छ । MobilesKhabar_01

सामसुंग ग्यालेक्सी जे वान मिनीमा १.२ गीगाहर्जको क्वाड कोर सीपीयू राखिएको छ भने यो फोन एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।

यो फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने फ्रन्टमा ०.३ मेगापिक्सेलको भिजीए क्यामरा रहेको छ । Samsung-Galaxy-J1-Mini-design

सासमुंग जे वान मिनी १५०० एमएएच ब्याट्री राखिएको छ, जसले ८ घण्टाको थ्रिजी टकटाइम दिन्छ भने ७ घण्टासम्म इन्टरनेट प्रयोग गर्न सकिने छ ।

यसमा कनेक्टिभीटिका लागि ड्यूल सिमका साथमा यूएसबी २.०, जीपीएस, वाईफाई, ब्लूटूथ ४.० लगायतका फीचर छन् ।

यो स्मार्टफोन कहिलेदेखि बजारमा उपलब्ध हुनेछ र कति मूल्य पर्नेछ भन्ने कुनै जानकारी छैन् ।