सुबिसुको सेवाहरुमा ग्राण्ड अफर, क्यान इन्फोटेकको अवसरमा विशेष छुट

Technology Khabar १७ माघ २०७२, आईतवार

सुबिसुको सेवाहरुमा ग्राण्ड अफर, क्यान इन्फोटेकको अवसरमा विशेष छुट

काठमाडौं ।

काठमाडौं, १७ माघ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा लिले  हाल आयोजना भईरहेको क्यान इन्फोटेक २०१६ (CAN-Infotech 2016) लाई लक्षित गरी आफ्ना ग्राहकहरु समक्ष ग्राण्ड अफर “Grand Offer” प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीले नयां रिटेल ग्राहकका लागि इन्टरनेट तथा क्लियर टिभी सेवामा सेवामा ३ प्याकेजहरु ल्याएको कम्पनीले जानकारी दिएको छ ।

प्याकेजहरुमा क्लियर टिभी अफर, केबल इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर र एफटिटिएच इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर रहेका छन् ।

प्रस्तुत गरिएको अफरहरुबाट ग्राहकहरुले क्लियर टिभी अफरअन्तर्गत निशुल्क क्लियर टिभी सेट टप बक्स, केबल इन्टरनेट तथा क्लियर टिभी कम्बो अफरअन्तर्गत निशुल्क केबल मोडेम र फ्रि क्लियर टिभी सेट टप बक्स प्राप्त गर्नेछन्  ।

एफटिटिएच इन्टरनेट र क्लियर टिभी कम्बो अफरमा निस्शुल्क क्लियर टिभी सेट टप बक्स, फाइवर मोडेम तथा टिभी रिसिभर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अफर प्याकेजहरु ३ हजार ९ सय ९९ रुपैंयादेखि रु.९ हजार ९ सय ९९ रुपैंयासम्मका रहेका छन् । साथै कम्पनीले आफ्ना वर्तमान इन्टरनेट तथा केबल टिभी ग्राहकहरुका लागि पनि लोयाल्टि अफर प्रस्तुत गरेको छ ।

यस अफर क्यान इन्फोटेक मेला अवधिभरी मात्र लागु हुने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १७ माघ २०७२, आईतवार