ललितपुर मोबाइल कम्प्लेक्समा मेला हुँदै मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुट

Technology Khabar ४ माघ २०७२, सोमबार

ललितपुर मोबाइल कम्प्लेक्समा मेला हुँदै मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं, माघ ४ । ललितपुर मोबाइल कम्प्लेक्सले शुभारम्भको अवसर पारेर मोबाइल मेला आयोजना गर्ने भएको छ । कम्प्लेक्सले यहि माघ ८ गते शुक्रबारदेखि माघ १६ गतेसम्म नेपालकै सबैभन्दा ठूलो मोबाइल मेला गर्न लागेको जानकारी दिएको छ ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको कम्प्लेक्समा अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्पनीको दाबी छ । ललितपुरको मूख्य व्यापारीक स्थानमा रहेको कम्प्लेक्सले अंग्रेजी नयाँ वर्ष २०१६ तथा कम्प्लेक्सको शुभारम्भको अवसर पारेर मोबाइल मेला गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । mobile-mela-small-logo

ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको शुभारम्भको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिए । अध्यक्ष बस्नेतले विभिन्न व्यवसायीक अवरोध तथा नाकामा भएको अवरोधका बिच पनि मोबाइल ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागिएको बताए । MobilesKhabar_02

मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुने जानकारी दिईयो । मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन भने एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिईनेछ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध हुने कम्प्लेक्सले जनाएको छ ।MobilesKhabar_01

मोबाइल मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गर्ने कम्प्लेक्सका संचालक डिकधन राईले जानकारी दिए । उनले यसअघिको एक्स्पोमा विभिन्न कम्पनीहरुले स्मार्टफोन लन्च गरेको भन्दै यो पटक पनि नेपालमा भित्रिएका विभिन्न स्मार्टफोनहरु सार्वजनिक हुने बताए ।

ललितपुर मलको दोस्रो तल्लामा रहेको कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् ।

त्यसैगरी मेलामा आउने हरेकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने प्रवेशमा रु १०० बराबरको निशुल्क लक्की ड्र कुपन दिईनेछ । उक्त कुपनबाट हरेक दिन लक्कि ड्र मार्फत तीन वटा स्मार्टफोन उपहार प्रदान गरिने कम्पनीको भनाई छ ।

easy care

प्रकाशित: ४ माघ २०७२, सोमबार

ताजा समाचार