मोटोरोला ब्राण्ड पूर्णरुपमा हट्दै, लेनोभोले आफ्नै ब्राण्डमा डिभाइस ल्याउने

Technology Khabar २६ पुष २०७२, आईतवार

मोटोरोला ब्राण्ड पूर्णरुपमा हट्दै, लेनोभोले आफ्नै ब्राण्डमा डिभाइस ल्याउने

काठमाडौं ।

काठमाडौं, २६ पुस । लेनोभोले अब मोटोरोला नामबाट स्मार्टफोन बनाउन बन्द गर्ने भएको छ । लेनोभोले यसअघि सन् २०१४ मा मोटोरोला मोबिलिटी किनेपछि मोटोरोला ब्राण्डको सुरक्षा गर्न तथा यसलाई अझ ससक्त बनाउने भनेर भनेपछि अहिले आएर मोटोरोला ब्राण्ड बन्द हुने भएको छ ।

अब चीनियाँ कम्पनी लेनोभोको उदेश्य र रणनीति परिवर्तन भएको छ जसले गर्दा मोटोरोला ब्राण्डलाई फेज आउट गर्ने भएको हो । ‘हामीले विस्तारै मोटोरोलालाई फेज आउट गर्नेछौं ।’ मोटोरोलाका चिफ अपरेटिंग अफिसर रिक ओस्टरलोहले भने ।यसअघि यो कम्पनी गूगलले किनेको थियो ।

मोटोरोलाको फोन व्यवसाय अब लेनोभो नामभित्र हुनेछ । तर जतिबेला यो कम्पनी मर्ज भएका थिए त्यसबेला भने लेनोभोको उच्च तहको फोन मोटो ब्राण्डमा तथा बजेट डिभाइसहरुमा भने भाईब ब्राण्ड प्रयोग हुँदै आएको थियो ।

अब आगामी दिनहरुमा मोटोरोला उत्पादनहरुमा पनि लेनोभोको निलो रंगको लोगो देख्न सकिनेछ । त्यसैगरी मोटोरोला हटेपनि मोटोरोलाको एम लोगो पनि सँगै हुनसक्ने अनुमान गरिएको छ । मोटोरोला ब्राण्ड हटेपनि यसको नाम भने पूर्ण रुपमा हट्ने छैन् किनकी यो लेनोभोको मूनी डिभिजनको रुपमा रहिरहनेछ ।

लेनोभोले मोटोरोला ब्राण्ड बन्द गरेपनि मोटोरोला कम्पनी र ब्राण्डको नाम मोबाइल फोनको इतिहासमा सदैब सूनौलो अक्षरमा रहनेछ । विश्वमा सबैभन्दा पहिलो मोबाइल फोन बनाउने कम्पनीको रुपमा मानिसहरुले मोटोरोलालाई चिन्नेछन् । सन् २००० को मध्यतिर मोटोरोलाले पहिलो मोबाइल फोन बनाएको थियो ।

यसको रेजर फोन त्यतिबेला सबैभन्दा चर्चित फोन थियो । रेजर फ्लिप फोन थियो जुन हेलो मोटो रिंगटोससँगै आउँथ्यो । त्यसैगरी मोटोरोलाको डाइनाट्याक पहिलो मोबाइल डिभाइसलाई पनि मानिसहरुले सम्झिनेछन् ।

मोटोरोलालाई सन् २०१२ मा गूगलले खरिद गरेको थियो र केबल २ वर्षमा नै गूगलले लेनोभोलो मोटोरोला बिक्री गरेको थियो ।

यो ब्राण्ड कम्पनीले हटाएपनि मोटोरोलाको एम र त्यो संगै आउने ब्राण्ड लोगो ब्याटिंग भने रहिरहने बताईएको छ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: २६ पुष २०७२, आईतवार