होस गरौं मोबाइल पड्किएर ज्यान जाला, गोजीको मोबाइल पड्कियो

Technology Khabar २२ पुष २०७२, बुधबार

होस गरौं मोबाइल पड्किएर ज्यान जाला, गोजीको मोबाइल पड्कियो

काठमाडौं ।

काठमाडौं, २२ पुस । आजभोली हरेकको हातमा मोबाइल हुनु सामान्य विषय भईसक्यो । संचारको साधनको रुपमा निकै सस्तो साधन मोबाइल भएको हरेकको हातमा भएका विभिन्न ब्राण्डका मोबाइल हेर्दा थाहा हुन्छ ।

अझ आजभोली स्मार्टफोनको प्रयोग पनि ह्वात्त बढेसँगै मोबाइलमा नै हरेक प्रकारको काम गर्ने व्यक्तिहरुको संख्या पनि बढिरहेको छ । तर मोबाइल प्रयोगमा होस पुर्याएन भने दुर्घटना पनि हुनसक्दछ भन्ने हेक्का कम व्यक्तिले मात्र राख्दछन् । नेपालको पूर्वी जिल्ला पाँचथरमा मोबाइल पड्किएर एकजना घाईते भएका छन् ।

पाँचथर फिदिम वार्ड नम्बर एकका बुद्धराज लिम्बूको मोबाइल पड्किँदा झण्डै उनले ज्यान गुमाउनु पर्यो । मोबाइल ज्याकेटको गोजीमा राखेर मोटरसाइकल चलाईरहेका उनको मोबाइल पड्किँदा ज्याकेटमा अचानक आगो लाग्यो । उनको मोबाइल अन्य बटुवाले सुन्ने गरी नै पड्किएको बताईएको छ ।

मोबाइल पड्किएर आगो लागेपछि लिम्बू आत्तिए र ज्याकेटमा आगो सल्किएर बलेपछि अन्य व्यक्तिहरुले हतारमा पानी खन्याएर आगो निभाएका थिए । आगो निभेर ज्योकटमा भएको मोबाइल हेर्दा मोबाइल पड्किएर आधा भाग उछिट्टिएको थियो ।Dtc Brand

लिम्बूले डिटिसी (Dtc) ब्राण्डको मोबाइल प्रयोग गरेका थिए, जुन ज्याकेटमा राखेको बेला पड्किएको नागरिकन्यूज डटकमले उल्लेख गरेको छ । राम्रो ब्याट्रि क्षमता, रेडियो, टर्च राम्रो बल्ने भन्दै पछिल्ला दिनहरुमा यो मोबाइलको प्रयोग बढिरहेको थियो । मोबाइल राम्रै चार्ज भएको र अन्य केहि नचलाएको बेला मोबाइल पड्किएको लिम्बूले बताए । लिम्बूले धन्य बाँचिएको र मोबाइल केहि नगरी गोजीमा राखेको बेला पनि पड्किएको बताए ।

बजारमा विभिन्न ब्राण्डका मोबाइलहरु भएपनि गुणस्तरहिन चीनियाँ मोबाइलहरु प्रयोगमा अधिक जोखिम रहेको छ । विगत दिनदेखि नै डिटिसी ब्राण्डको मोबाइल सिंगापुरको ब्राण्ड भन्दै मुलुकभर बिक्री बितरण हुँदै आएको छ । यो ब्राण्डको मोबाइल नेपालमा कल मोबिलिटी प्रालिले बिक्री गर्दै अाएको छ ।

easy care

प्रकाशित: २२ पुष २०७२, बुधबार