माइक्रोसफ्ट लूमिया ५५० भारतमा सार्वजनिक, विण्डोज १० मा आधारित सबैभन्दा सस्तो स्मार्टफोन

Technology Khabar ६ पुष २०७२, सोमबार

माइक्रोसफ्ट लूमिया ५५० भारतमा सार्वजनिक, विण्डोज १० मा आधारित सबैभन्दा सस्तो स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ६ पुस । माइक्रोसफ्टले लूमिया ५५० स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले माइक्रोसफ्ट लूमिया ५५० भारतीय बजारमा यहि डिसेम्बर २३ तारिखदेखि बिक्री शुरु हुने जानकारी दिएको छ ।

माइक्रोसफ्टले यो स्मार्टफोनलाई अहिलेपनि आफ्नो वेबसाइटमा कमिंग सुन भनेर लिस्टेड गरेको छ । बजेट स्मार्टफोनको रुपमा कम्पनीले भारतमा सार्वजनिक गरेको यो स्मार्टफोनका मूल्य भारु ९,३९९ (करिब १४० अमेरिकी डलर) तोकेको छ ।

यो स्मार्टफोन भर्खर मात्र अमेरिकी बजारमा सार्वजनिक गरिएको थियो । अमेरिकी बजारमा यो स्मार्टफोनको मूल्य कर बाहेक १३९ अमेरिकी डलर तोकिएको छ । त्यस्तै यो फोन यूरोपीयन मुलुक जर्मनीमा अमेजनले १३८ यूरोमा बेचिरहेको छ भने बेलायतमा ८८ पाउण्ड मूल्य तोकिएको छ ।

लूमिया ५५० लूमिया ९५० र ९५० एक्सएससँगै सार्वजनिक गरिएको थियो, जुन केहि दिन पहिले मात्र भारतीय बजारमा सार्वजनिक गरिएको थियो ।

यो स्मार्टफोन यहि अक्टोबरमा सार्वजनिक गरिएको थियो । यसमा ४.७ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ७८०ह१२८० पिक्सेल रहेको छ ।Lumia

यसमा १.१ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन २१० प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । लूमिया ५५० मा ८ जीबीको आन्तरिक मेमोरी राखिएको छ, जसलाई बढाएर २०० जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । विण्डोज १० अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा २१०० एमएएचको ब्याट्री राखिएको छ ।

एउटा सिम मात्र प्रयोग गर्न सकिने लूमिया ५५० मा कनेक्टिभिटीका लागि वाईफाई, जीपीएस, ब्लूटूथ, फोरजी, सेन्सर रहेको छ भने यसमा प्रोक्सीमिटी सेन्सर, एम्बीसेन्ट लाइट सेन्सर, एक्सेलेरोमिटरलगायतका फीचरहरु छन् ।

हेरौं यसको भिडियो-

https://youtu.be/fagt3qEyV5U

 

easy care

प्रकाशित: ६ पुष २०७२, सोमबार