जेडटिईको ‘ब्लेड ए वान’ सार्वजनिक, फिंगरप्रिन्ट सेन्सरसहितको बजेट फोन

Technology Khabar २० मंसिर २०७२, आईतवार

जेडटिईको ‘ब्लेड ए वान’ सार्वजनिक, फिंगरप्रिन्ट सेन्सरसहितको बजेट फोन

काठमाडौं ।

काठमाडौं, २० मंसिर । जेडटिईले ब्लेड सिरिजको नयाँ स्मार्टफोन ए वान (A1) सार्वजनिक गरेको छ । कम्पनीले केहि दिनअघि चीनमा बजेट फोनको रुपमा ब्लेड ए वानको घोषणा गरेको हो ।

यो सानो ह्याण्डसेटको पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोनको डिजाइन हेर्दा करिब करिब आईफोन फाइभ सी जस्तै देखिन्छ । तर यसको कभर भने प्लास्टिकको रहेको छ ।

जेडटिई ब्लेड ए वान (Blade A1) स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ । जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।

त्यसैगरी यसमा ६४ बिटको १.३ गीगाहर्जको क्वाड कोर मिडियोटेक एमटी ६७३५ कोर्टेक्स ए ५३ प्रोसेसर राखिएको छ ।

ब्लेड ए वान स्मार्टफोनमा २ जीबीको र्याम छ भने १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाउन सकिन्छ ।

फोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो स्मार्टफोनमा २,८०० एमएएचको ब्याट्री छ । त्यसैगरी यसमा जेडटिईको एमआईफेभर ३.२ पनि राखिएको छ ।

यो फोन ८.९ मिलिमीटर मोटाईको छ भने स्मार्ट ह्वाइट, भाइब्रेन्ट एल्लो, ड्रिम ग्रीन, कूल ब्लू, तथा स्पेस ग्रे कलरमा उपलब्ध हुनेछन् ।

चीनियाँ बजारमा यो फोनको मूल्य ५९९ यूआन अर्थात ९३ अमेरिकी डलर तोकिएको छ भने फोन डिसेम्बर ११ तारिखदेखि मात्र खरिद गर्न पाइने छ । जेडटिईको ब्लेड ए वान स्मार्टफोन चीनभन्दा बाहिर कहिले आउँछ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् ।

Global Bank
easy care

प्रकाशित: २० मंसिर २०७२, आईतवार