कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती

Technology Khabar १४ मंसिर २०७२, सोमबार

कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । कलर्स मोवाइलले आप्ना विभिन्न मोडलका फोनहरुको मूल्य घटाएको छ । पर्ल ब्ल्याक सिरिज अन्तर्गतका दुई मोवाइल फोनको मूल्य घटाएको छ भने एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको मूल्यमा पनि कटौती गरेको छ।

कम्पनीले पर्ल ब्ल्याक के २० ड्रोइड र पर्ल ब्ल्याक के १५ रकको मूल्य घटाएको हो । मूल्य कटौतीभन्दा अघि १५ हजार दुई सय ६० रुपैयाँ पर्ने कलर्स के २० ड्रोइड मोवाइलको मूल्य कटौतीपछि अब १२ हजार एकसय ५ रुपैयाँ पर्नेछ । यस्तै यसअघि १४ हजार दुईसय ५ रुपैयाँ रहेको के १५ मोवाइलको मूल्य अब १२ हजार ६ सय ३० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

यसैगरी एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको पनि मूल्य घटाएको छ । एक्स फ्याक्टर एक्स ११७ मेगा क्वाड, एक्स ११६ पावर र एक्स १८ हिरोको मूल्य घटाइएको हो । यी मोवाइलहरुको मूल्य क्रमशः ७ हजार ८ सय ९०, ६ हजार तीनसय १० र चारहजार दुईसय ५५ रुपैयाँ रहेको छ ।

कलर्स पर्ल ब्ल्याक के २० ड्रोइडमा पाँच इन्चको एचडी आइपिएस स्क्रिन, ८ मेगापिक्सलको रियर क्यामरा तथा दुई मेगा पिक्सलको फ्रन्ट क्यामरा, ४ हजार एमएएच ब्याट्री, ८ जिबी रोम, एक जिबी र्याम, १.४ गेगाहर्ज अक्टा कोर प्रोसेसर, एण्ड्रोइड ओएस ४.४ लगायत विशेषता रहेका छन् ।

पर्ल ब्ल्याक के १५ रकमा पनि २२५० एमएएच ब्याट्रीका साथ ५ इञ्चको एचडी आइपीएस डिस्प्ले,१३ मेगा पिक्सेल रियर क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा, ८ जीबी रोम र १ जीबी र्याम, १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर, एन्ड्रोइड ओएस ४.४ जस्ता विशेषता छन् ।

दुबै स्मार्टफोनमा फ्रि लेदर खोल उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कलर्स एक्स फ्याक्टर मेगा क्वाडमा ५ इन्च एफडब्लुभिजिए डिस्प्ले, ५ मेगा पिक्सेल रियर क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा, २१०० एमएएच ब्याट्री, १ जीबी र्याम र ८ जीबी रोम, १.२ गिगाहर्ज क्वाड कोर प्रोसेसर र एण्ड्रोइड ओएस ४.४, ललिपपमा अपग्रेड गर्न सकिने छ ।

एक्स ११६ पावर पनि ४ इन्च एफडब्लुभिजिए डिस्प्ले, ५ मेगा पिक्सेल रियर क्यामेरा, १।३ मेगा पिक्सेल फ्रन्ट क्यामेरा, ३००० एमएएच ब्याट्री, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर, एण्ड्रोइड ओएस ४.४ तथा १ जिबी र्याएम र ४ जिबी रोम सहित उपलब्ध छ ।
एक्स १८ हिरोमा ३.५ इन्च एचभिजिए डिस्प्ले, २ मेगा पिक्सेल रियर क्यामेरा, ११०० एमएएच ब्याट्री, १ गिगाहर्ज प्रोसेसर र एण्ड्रोइड ओएस २.३ लगायतका विशेषताहरु रहेका छन् ।

easy care

प्रकाशित: १४ मंसिर २०७२, सोमबार

ताजा समाचार