एचटीसीको नयाँ स्मार्टफोन सार्वजनिक, २ टेराबाइटसम्म स्टोरेज क्षमता

Technology Khabar ३ मंसिर २०७२, बिहीबार

एचटीसीको नयाँ स्मार्टफोन सार्वजनिक, २ टेराबाइटसम्म स्टोरेज क्षमता

काठमाडौं ।

काठमाडौं, ३ मंसिर । एचटीसीले आफ्नो नयाँ स्मार्टफोन वान एम नाइन एस (One M9s) सार्वजनिक गरेको छ । कम्पनीले वान एम नाइनको सक्सेसरको रुपमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

ताइवानी कम्पनी एचटीसीले वान एम नाइन एस स्मार्टफोन हालै ताइवानमा सार्वजनिक गरेको छ । यसअघिको फोन भने कम्पनीले चीनमा सार्वजनिक गरेको थियो । एचटीसीको नयाँ स्मार्टफोन यहि आउँदो शनिवारदेखि मात्र बजारमा डेलिभरी हुनेछ ।htc-One M9s

एचटीसी वान एमनाइन एसमा ५ इन्चको फूल एडी स्क्रीन रहेको छ, जसको रिजोल्यूशन १०८०X१९२० पिक्सेल राखिएको छ । एटीसी वान एम नाइन इको जस्तै यो नयाँ स्मार्टफोनमा पनि २.२ गीगाहर्जको अक्टा कोर मिडियाटेक हेलियो एक्स १० (Octa-Core MediaTek Helio X10) प्रोसेसरको प्रयोग गरिएको छ । यो फोनमा २ जीबीको र्याम राखिएको छ भने १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई माइक्रोएसडी कार्डद्धारा २ टेराबाइट (2TB) सम्म बढाउन सकिन्छ ।

क्यामराको आधारमा हेर्दा यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने कम्पनीका अन्य हाईएण्ड फोनजस्तै यो फोनमा पनि ४ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा अल्ट्रा मेगापिक्सेल यूनिटको साथमा राखिएको छ । यो फोनको रियर क्यामराले एचडी भिडियो खिच्ने क्षमता राख्दछ ।HTC One M9s

एचटीसीको नयाँ स्मार्टफोन वान एम नाइन एस एन्ड्रोयडको ५.० ललीपप भर्सनमा आधारित रहेको छ भने एउटा सिम मात्र प्रयोग गर्न सकिन्छ । यो फोनको मोटाई ९.६ मिलिमीटर तथा १५८ ग्राम तौल रहेको छ ।

फोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, थ्रीजी, ब्लूटूथ ४.१, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, बेईदू, ग्लोनासलगायतको अप्शन रहेको छ । वान एम नाइन एस स्मार्टफोनमा २,८४० एमएएचको नन रिमुभेवल ब्याट्री राखिएको छ ।

easy care

प्रकाशित: ३ मंसिर २०७२, बिहीबार