सामसुंग स्मार्टफोनबाट गरेको फोन कल अन्य व्यक्तिले सुन्न र रेकर्ड गर्न सक्ने

Technology Khabar ३० कार्तिक २०७२, सोमबार

सामसुंग स्मार्टफोनबाट गरेको फोन कल अन्य व्यक्तिले सुन्न र रेकर्ड गर्न सक्ने

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । पछिल्ला दिनहरुमा स्मार्ट प्रविधिको प्रयोग र बिस्तारसँगै विश्वभर सुरक्षाको चिन्ता पनि बढ्दै गएको छ । अझ हरेक अवस्थामा स्मार्टफोनको प्रयोगले मानिसहरुको विभिन्न व्यक्तिग डाटाहरु असुरक्षित हुँदै गएको छ ।

यहिबेला सुरक्षा अनुसन्धानकर्ताहरुले सामसुंग स्मार्टफोनमार्फत हुने फोन कलहरु सुन्न सकिने कमजोरी फेला पारेका छन् । अनुसन्धानकर्ताहरुले मालिसियस वेस स्टेसनको (Malicious Base Station) प्रयोग गर्दै सामसुंग स्मार्टफोनबाट हुने फोन कल सुन्न सफल भएका हुन् । यो निकै गंभिर विषय भएको बताईएको छ ।

अनुसन्धानकर्ताहरुले कसरी यस्तो फोन कल सुन्न सकेका थिए भन्ने बारेमा बिस्तृत विवरण नआएपनि यसले सामसुंगको स्मार्टफोन बजारलाई निकै असर पार्न सक्ने बताईएको छ । सामसुंगको स्मार्टफोनमार्फत हुने फोन कल मालवेयरको प्रयोगबाट सुन्नसक्ने विषयले कम्पनीको उच्चस्तरका डिभाइसहरु जस्तै ग्यालेक्सी एस सिक्स(Galaxy S6) र ग्यालेक्सी एस सिक्स एज(Galaxy S6 Edge)को बजार प्रभावित हुनसक्ने बताईएको छ ।

सामसुंग मोबाइलको बारेमा विभिन्न जानकारी लीक गर्ने र समाचार दिने साममोबाइल डटकमका अनुसार यसलाई म्यान इन दि मिडिल (man-in-the-middle) एट्याकमा वर्गिकृत गरिएको छ । यो विषयलाई अनुसन्धानकर्ता ड्यानियल कोमारोमि र निको गोल्डेले पत्ता लगाएका हुन् । उनिहरुले मालिसियस वेस स्टेसन(Malicious Base Station) स्थापना गरि नजिकको लक्षित डिभाइसमा केन्द्रित गरेका थिए । यो वेस स्टेसन लक्षित डिभाइसमा अटोमेटिक कनेक्ट भएको थियो भने यसले सामसुंगको शानोन(Shannon), (जुन लाइन अफ वेसब्याण्ड चीप्सको रुपमा परिचित छ) मा भएको कमजोरीका कारण जोडिएको थियो ।

अनुसन्धानअनुसार एक पटक ह्याण्डसेटमा वेस स्टेसन कनेक्ट भएपछि त्यो वेस स्टेसनले डिभाइसको वेसब्याण्ड प्रोसेसरमा फार्मवेयर निरन्तर पठाउनेछ । यो चीपले भ्वाइस कलहरुलाई नियन्त्रण गर्दछ । फार्मवेयरले मालिसियस वेस स्टेसनमार्फत जहाँबाट प्रोक्सीसम्म नियन्त्रीत भएको छ त्यहाँसम्म कलहरु रेकर्ड गर्ने र आक्रमणकारीसम्म पठाउने गर्दछ ।

यो सम्पूर्ण कामहरु स्मार्टफोन प्रयोगकर्ताको जानकारी बिना नै हुने अनुसन्धानकर्ताहरुको दाबी छ । स्मार्टफोनको कलहरु प्राप्त गर्ने र रेकर्ड गर्ने कामहरु यसको पृष्ठभूमिमा निरन्तर हुन्छ यदि लाइनमा वायरट्याप (Wiretap on it) भएमा ।

अनुसन्धानकर्ताहरुले अहिलेसम्म यसको पूर्ण विवरण सार्वजनिक गरेका छैनन् तर त्यो विषय सामसुंगलाई भने जानकारी दिईसकेका छन् । यो समस्या छिटै समाधान हुने अपेक्षा पनि गरिएको छ  । साममोबाइल डटकमबाट

easy care

प्रकाशित: ३० कार्तिक २०७२, सोमबार

ताजा समाचार