इन्टेक्सको सस्तो थ्रीजी फोन, इन्टेक्स एक्वा प्लेमा ८ जीबीको स्टोरेज

Technology Khabar १६ कार्तिक २०७२, सोमबार

इन्टेक्सको सस्तो थ्रीजी फोन, इन्टेक्स एक्वा प्लेमा ८ जीबीको स्टोरेज

काठमाडौं ।

काठमाडौं, १६ कात्तिक । इन्टेक्सले आफ्नो बजेट सिरिजको नयाँ स्मार्टफोन एक्वा प्ले सार्वजनिक गरेको छ । कम्पनिले यो स्मार्टफोन आफ्नो वेबसाइटमा लिस्ट गरेको छ ।

यो बजेट स्मार्टफोन निकै कम मूल्यमा भएपनि यसमा एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ ।

यो फोनमा डब्लूभिजीए ४ इन्चको टिएफटी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८०० पिक्सेल छ । यसमा १.२ गीगाहर्जको ड्यूल कोर मिडिया टेक प्रोसेसर प्रोसेसर तथा ५१२ एमबी र्याम रहेको छ । इन्टेक्सको नयाँ फोनमा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।intexaquaplay1

इन्टेक्स एक्वा प्ले फोनमा ०.३ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ । यसमा १४०० एमएएचको ब्याट्री छ, जसले ४ घण्टाको टक टाइम तथा १८० घण्टाको ट्याण्डबाइ टाइम दिन्छ ।

कनेक्टिभिटीका लागि यो फोनमा जीपीआरएस, एज, थ्रीजी वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबी २.०लगायतका अप्शन छन् ।
यो स्मार्टफोनमा क्लीनमास्टर, न्यूज हंट, क्विकर, ओमेरा मिनीजस्ता केहि प्रिलोडेड एप्स छन् ।

भारतमा लिस्टेड यो स्मार्टफोनको मूल्य कम्पनीले ३,२४९ भारु तोकेको छ भने यो केहि दिनमा बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: १६ कार्तिक २०७२, सोमबार