Monthly Archives: November 2015

लेनोभोको फोरजी बजेट स्मार्टफोन आउनसक्ने, ५ इन्चको एचडी डिस्प्ले हुने

काठमाडौं, १४ मंसिर । केहि समय अघि मात्रै लेनोभो ले एक्स सिक्स स्मार्टफोन सार्वजनिक गरेको थियो भने अहिले कम्पनी नयाँ स्मार्टफोनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । लेनोभोले नयाँ बजेट स्मार्टफोन ल्याउने तरखर गरिरहेको जानकारी चीनिया सर्टिफिकेशन साइट टेनामा (TEENA) लीक भएको छ । लेनोभोले ल्याउन लागेको नयाँ फोनको मोडल हाल के३२सी३६ (K32c36) राखिएको छ । यो फोन लेनोभोको के ...

Read More »

१ लाख ४४ हजार पर्ने २४ क्यारेट सुन जडित ‘ब्ल्याकबेरी प्रिभ’ स्मार्टफोन

काठमाडौं, १४ मंसिर । ब्ल्याकबेरीको सबैभन्दा नयाँ स्मार्टफोन अब गोल्ड प्लेटेड स्मार्टफोनको रुपमा पनि खरिद गर्न सकिने भएको छ । भियतनाममा रहेको कारालक्स (Karalux) नामक कम्पनीले २४ क्यारेट सुनद्धारा कभर गरिएको ब्ल्याकबेरी प्रिभ (Blackberry Priv) गोल्ड प्लेटेड स्मार्टफोन सार्वजनिक गरेको छ । यसअघिका संस्करणहरुजस्तो सहज नभई यो ब्ल्याकबेरी प्रिभ डिसेम्बल्ड गर्न केहि कठिन रहेको थियो । कम्पनीले भनेको छ, ‘कारालक्सका ...

Read More »

कृषिमा २ वर्षमा आत्मनिर्भर हुने महत्वाकांक्षि योजना

काठमाडौं, १४ मंसिर । कृषि विकास मन्त्रालयले आगामी २ वर्षमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै निर्यात समेत गर्ने योजना ल्याएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले २७ बुँदे ‘कृषि विकास मन्त्रालयका प्रतिबद्धताहरू ०७२’ आइतवार सार्वजनिक गरेका छन् । मन्त्रालयले २ वर्षमा खाद्यान्न, तरकारी, फलफूल, तेलहन, मासु, दूध, अण्डा, पुष्प, महलगायत क्षेत्रमा मुलुक आत्मनिर्भर हुने दाबी गरेको छ । त्यसैगरी कृषकलाई व्यावसायिक, ...

Read More »

कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती

काठमाडौं, १४ मंसिर । कलर्स मोवाइलले आप्ना विभिन्न मोडलका फोनहरुको मूल्य घटाएको छ । पर्ल ब्ल्याक सिरिज अन्तर्गतका दुई मोवाइल फोनको मूल्य घटाएको छ भने एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको मूल्यमा पनि कटौती गरेको छ। कम्पनीले पर्ल ब्ल्याक के २० ड्रोइड र पर्ल ब्ल्याक के १५ रकको मूल्य घटाएको हो । मूल्य कटौतीभन्दा अघि १५ हजार दुई सय ६० रुपैयाँ ...

Read More »

लाई-फाई प्रविधिको सफल परिक्षण, केहि सेकेण्डमा १ जीबी डाटा ट्रान्सफर

काठमाडौं, ११ मंसिर । अब तिब्र गतिमा ताररहित प्रविधिको प्रयोगबाट तिब्रगतिमा डाटा आदान प्रदान गर्न सकिने संभावना बढेको छ । बिना तार डाटा आदान प्रदान गर्न गरिने प्रविधि अर्थात् वाईफाई भन्दा तिव्र गतिमा को डाटा आदान प्रदान गर्न सकिने प्रविधीको रूपमा लाई-फाईको (Li-Fi) अविश्कार भएको छ । इस्टोनियन स्टार्टअप भेलमेनीले (Velmenni) सार्वजनिकरुपमा लाई-फाई नाम दिईएको प्रविधिको सफल परिक्षण गरेको छ ...

Read More »

केबल ५ सय ३५ रुपैंया पर्ने कम्प्यूटर आयो, अधिकांश काम यसैमा गर्न सकिने

काठमाडौं, ११ मंसिर । एउटा सामान्य कम्प्यूटर कति सस्तो मूल्यमा खरिद गर्नुहुन्छ ? निश्चयपनि अहिलेको अवस्थामा तपाईँले यसको उत्तर १० हजार रुपैंया भन्दा माथि नै भन्नुहुनेछ । तर अब तपाईँले कल्पना गरेको भन्दा निकै कम मूल्यमा कम्प्यूटर खरिद गर्न पाइन्छ भन्दा तपाईँलाई आश्चार्य लाग्न सक्दछ । सस्तो कम्प्यूटर निर्माणमा आफ्नो ध्यान केन्द्रित गरिरहेको ब्रिटिश कम्पनी रास्पबेरी पाई फाउण्डेशनले (Raspberry Pi ...

Read More »

सुचना तथा प्रविधिका लागि कानुन अपर्याप्तः सूचना तथा संचार प्रविधि मन्त्री

काठमाडौं, ११ मंसिर । नेपालको वित्तीय समावेशिता र भुक्तानी प्रणाली सुरक्षण विषयमा सूचना प्रविधि सुरक्षा आकस्मिक पह्ँच समूह नेपाल (आइटीसर्ट–एनपी)ले आयोजना गरेको तीन दिने सम्मेलन आजदेखि औपचारिक रुपमा सुरु भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राईले सम्मेलनको उदघाटन गर्दै हाम्रा सुचना तथा प्रविधिका लागि बनाईएका नियम, कानुन अपर्याप्त भएको बताए। उनले भने, हामीले निर्माण गरेका कानुनहरु अपडेट ...

Read More »

भारतमा नयाँ मोबाइल ब्राण्ड भियान, बजेट फोन श्रेणीमा ५ मोडल सार्वजनिक

काठमाडौं, १० मंसिर । पछिल्लो समय तिब्र गतिमा विस्तार भईरहेको भारतीय मोबाइल बजारमा नयाँ मोबाइल ब्राण्ड सार्वजनिक भएको छ । बलिउड अभिनेत्री शिल्पा शेट्टीले भियान (VIAAN)नामको नयाँ ब्राण्डको मोबाइल फोन लन्च गरेकी हुन् । बलिउड अभिनेत्री शिल्पाका पति राज कुन्द्राको कम्पनी भियान इन्डस्ट्रिजले ल्याएको यो ब्राण्डको नाम शिल्पाको छोरा भियानको नाममा सार्वजनिक गरिएको हो । कम्पनीले भारतमा एक कार्यक्रमका बिच ...

Read More »

सोनीको प्ले स्टेशन ४ को बिक्री ३०.२ मिलियन यूनिट नाध्यो

काठमाडौं, १० मंसिर । सोनी कर्पोरेशनले आफ्नो भिडियो गेम कन्सोलको बिक्री निकै राम्रो भएको जनाएको छ । सोनीले आफ्नो भिडियो गेम कन्सोल प्लेस्टेशन ४ (PlayStation 4) को बिक्री ३० दशमलब २ मिलियन यूनिटभन्दा बढि बिक्री भएको स्पष्ट पारेको छ । कम्पनीले विश्व बजारमा यसको मूल्य घटाएपछि वर्षको अन्त्यको बिदा मौसममा यसको माग निकै उच्च भएको उल्लेख गरेको छ । प्ले ...

Read More »

ह्वाट्सएपमा अब म्यासेजलाई स्टार गर्न सकिने, चाहेको बेलामा पढ्ने सुविधा

काठमाडौं, १० मंसिर । चर्चित म्यासेन्जर एप ह्वाट्सएपले(WhatsApp) आफ्नो नयाँ भर्सनका साथमा विभिन्न नयाँ फीचरहरु पनि ल्याएको छ । एपमा स्टार म्यासेज (Star message), लिंकका साथै थम्बनेल (Link and Thumbnail) जस्ता फीचर थप गरेको हो । ह्वाट्सएपको २.१२.३६७ भर्सनमा ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फीचरहरु ल्याएको हो । यसमध्येको एक नयाँ फीचरले यूजर्सले म्यासेजलाई स्टार गर्ने सुविधा दिनेछ, अर्थात अब ...

Read More »