सामसुंगको १८.५ इन्चको सबैभन्दा ठूलो ट्याब, विशेषगरी भिडियो हेर्न उपयुक्त

Technology Khabar १३ कार्तिक २०७२, शुक्रबार

सामसुंगको १८.५ इन्चको सबैभन्दा ठूलो ट्याब, विशेषगरी भिडियो हेर्न उपयुक्त

काठमाडौं ।

काठमाडौं, १३ कात्तिक । सामसुंगले अहिलेसम्मकै सबैभन्दा ठूलो साइजको ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी सिरिजको ग्यालेक्सी भ्यू (Galaxy View) ट्याबलेट सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको यो ट्याबलेट आईएफए २०१५ (IFA 2015 event) मा देखाईएको थियो ।

सामसुंगको नयाँ ट्याबलेट ग्यालेक्सी भ्यूमा १८.६ इन्चको स्क्रीन राखिएको छ, जुन बजारमा अहिलेसम्मका ट्याबलेटमध्ये सबैभन्दा ठूलो एन्ड्रोयड ट्याबलेट हो ।samsung_galaxy_view_table1

यो ट्याबलेटमा फोरजी नेटवर्क सपोर्ट गर्दछ भने कम्पनीले भिडियोलाई ध्यानमा राखेर यो ट्याबलेट बनाएको बताएको छ ।
सामसुंगको यो ट्याबलेटमा १८.६ इन्चको फूल एचडी टिएफटी एलसीडी स्क्रीन राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १०८०X१९२० पिक्सेल रहेको छ ।

यो ट्याबलेट एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ भने यो ट्याबलेटमा विशेष किसिमको टू वे कि स्ट्याण्ड दिईएको छ । यो स्ट्याण्डको सहयोगबाट प्रयोगकर्ताले सजिलै यो ट्याबलेट बोक्न सक्दछ । यो स्ट्याण्डले पुरै ट्याबलेट कभर गर्दछ ।samsung_galaxy_view_table2

सामसुंगको नयाँ ट्याबलेटमा १.६ गीगाहर्जको अक्टा-कोर प्रोसेसर राखिएको छ भने यसमा २ जीबीको र्याम रहेको छ । त्यस्तै यसमा भिडियो हेर्न र सुन्नको लागि ४ वाटको दुईवटा स्पीकर राखिएको छ ।

यो ट्याबलेट कम्पनीले ३२ जीबी र ६४ जीबीको इन्टरनल स्टोरेज भएको दुई संस्करणमा सार्वजनिक गरेको छ भने यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।samsung-galaxy-view-launch-3

यो ट्याबलेटमा सेल्फी खिच्न तथा भिडियो कलिंगका लागि २.१ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । सामसुंगको नयाँ ट्याबलेटमा ५७०० एमएएचको ब्याट्री छ, जसले ८ घण्टासम्मको भिडियो प्लेब्याक दिने कम्पनीको दाबी छ ।

कनेक्टिभिटीका लागि ट्यालबेटमा ब्लूटूथ ४.१, वाईफाई, तथा यूएसबी पोर्ट अप्शन राखिएको छ भने यसमा नानो सिमद्धारा फोरजी एलटीई प्रयोग गर्न सकिन्छ ।

यो ट्याबलेटमा नेटफ्ल्क्सि, हुलू, एओएल, एचबीओ गो तथा यूट्यूबलगायतका केहि भिडियो हेर्न सकिने एप्स प्रि इन्टल गरिएको छ । पहिलो स्क्रीनलाई स्वीप गरेपछि दोस्रो स्कीनमा क्रोमकास्ट, डाइरेक्ट टिभी तथा टाइम वार्नर केबलको एप पनि राखिएको छ । कम्पनीले यी सबै एपहरु निरन्तर अपडेट हुने दाबी गरेको छ । यसका साथै प्रयोगकर्ताले अम्याजन भिडियो, स्लिंग तथा अन्य भिडियोहरु पनि फरक फरक स्क्रीनमा राख्न सक्नेछन् ।

सामसुंगको यो ट्याबलेटको ३२ जीबी भर्सन हालका लागि अमेरिकाको इ-कमर्श साइट एडरोममा ५,९९ अमेरिकी डलरमा उपलब्ध रहेको छ । अन्य बजारमा यो ट्याब कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: १३ कार्तिक २०७२, शुक्रबार