आसुसको विण्डोज १० भर्सनमा आधारित नयाँ ल्यापटप

Technology Khabar १० कार्तिक २०७२, मंगलवार

आसुसको विण्डोज १० भर्सनमा आधारित नयाँ ल्यापटप

काठमाडौं ।

काठमाडौं, १० कात्तिक । विण्डोज अपरेटिंग सिस्टमको नयाँ भर्सनमा आधारित विभिन्न डिभाइसहरु बजारमा सार्वजनिक भईरहेका छन् । यहि श्रृंखलामा आसुसले विण्डोज १० भर्सनमा आधारि नयाँ डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले भिभोबुक फोर के नामको नयाँ ल्यापटप सार्वजनिक गरेको छ । विण्डोज १० अपरेटिंग सिस्टममा आधारित यो ल्यापटपमा विभिन्न किसिमका हाइटेक फीचर्स रहेको छ ।

आसुसको नयाँ ल्यापटपमा फोर के अल्ट्रा हाईडेफिनेशन डिस्प्ले क्वालिटी रहेको छ । यो ल्यापटपमा छैटौं पुस्ताको इन्टेल आई सेभेज प्रोसेसर तथा इन्टेल आई सेभेन ड्यूअल कोर बेसिक भर्सनको दुई मोडलमा बजारमा उपलब्ध हुनेछ । अझ यो ल्यापटपको सिरिजमा १२ जीबीको डिडिआर थ्री एल सम्मको र्याम छनौट गर्न सकिनेछ ।asus_2

आसुसको यो सिरिजमा ५०० जीबी ५४०० आरपीएमको हार्डडिस्क, ५०० जीबी ७२०० आरपीएमको हार्डडिस्क, वान टीबी ५४०० आरपीएमको हार्डडिस्क, १.५ टीबी ५४०० आरपीएमको हार्डडिस्क, २ टीबी ५४०० आरपीएमको हार्डडिस्क तथा १२८ जीबीको एसएसडी तथा २५६ जीबीको एसएसडीबिचमा छनौट गर्नसक्नेछ ।

यो ल्यापटपमा सुपर मल्टी डिभीडि प्लेयर, थ्री इन वान कार्ड रिडर, भीजीएस क्यामरा, दुईवटा यूएसबी ३.० पोर्ट, यूएसबी २.० पोर्ट, एउटा एचडीएमआई पोर्ट, एउटा भीजीएस पोर्ट तथा १ एलएएन पोर्ट रहेको छ ।

कम्पनीका अनुसार भिभोबुकको मोडल १७८ डिग्री भ्यूइंग एंगल क्यापाबिलिटीसहित उपलब्ध रहेको छ । यसका साथै यसमा कम्पनीको आफ्नै आई केयर मोड पनि रहेको छ जसले ब्लू लाइटलाई ३३ प्रतिशतसम्म कम गर्दछ ।

कम्पनीले सार्वजनिक गरेको यो ल्यापटप बजारमा कहिलेदेखि खरिदका लागि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन भने यसको मूल्य पनि अहिले सार्वजनिक भएको छैन् ।

easy care

प्रकाशित: १० कार्तिक २०७२, मंगलवार