एप्पलको आईफोन सिक्स एस तथा सिक्स एस प्लसले सबै बिक्री रेकर्ड तोड्यो

Technology Khabar १२ आश्विन २०७२, मंगलवार

एप्पलको आईफोन सिक्स एस तथा सिक्स एस प्लसले सबै बिक्री रेकर्ड तोड्यो

काठमाडौं ।

काठमाडौं, १२ असोज । एप्पलले हालै सार्वजनिक गरेको नयाँ आईफोन सिक्स एस तथा सिक्स एस प्लसको किर्तिमानी बिक्री रेकर्ड कायम गरेको घोषणा गरेको छ । एप्पले यी दुबै फोनहरु एक हप्ता अगाडि मात्र सार्वजनिक गरेको छ ।

एप्पलले दुबै स्मार्टफोनहरु १३ मिलियन अर्थात १ करोड ३० लाख भन्दा बढि यूनिट पहिलो तिन दिनमा नै बिक्री गरेको दाबी गरेको छ । कम्पनीले यो फोन विश्वका १२ मुलुकहरुमा मात्र बिक्री शुरु गरेको थियो । एप्पलले हाल यो फोन अष्ट्रेलिया क्यानाडा, चीन, फ्रान्स, जर्मनी, हंगकंग, जापान, न्यूजिल्याण्ड, प्यूर्टो रिको, सिंगापुर, बेलायत तथा अमेरिकामा मात्र बिक्रीका लागि उपलब्ध गराएको छ ।

कम्पनीले यसअघि सार्वजनिक गरेको आईफोन सिक्स तथा सिक्स प्लस कुल १ करोड यूनिट मात्र बिक्री भएको थियो भने यसअघि आईफोन फाईभ एस तथा फाईस सी ९० लाख यूनिट मात्र बिक्री भएको थियो ।iphone6s_1

एप्पलका सिईओ टिम कुकले पहिलो तीन दिनमा आईफोन सिक्स एस तथा आईफोन सिक्स प्लसको बिक्री उत्कृष्ट भएको बताए । उनले पहिलो सातामा नै सबै रेकर्डहरु टुटेको स्पष्ट पारे ।

एप्पले बिक्रीलाई बढाउँदै केहि दिनमा नै विश्वका थप ४० मुलुकहरुमा सिक्स एस तथा सिक्स एस प्लसको बिक्री गर्ने जनाएको छ ।

आउँदो अक्टोबर ९ तारिखदेखि ताईवान, स्पेन, स्विट्जरल्याण्ड, स्विडेन, अष्ट्रिया, डेनमार्क, रसिया, स्लोभाकिया, नर्वेलगायतका मुलुकहरुमा बिक्री शुरु गर्ने एप्पलले जनाएको छ ।

त्यसैगरी अक्टोबर १० तारिखदेखि बहराईन, जोर्डन, कुवेत, कतार, साउदी अरेयिबा र यूएईमा आईफोन सिक्स एस तथा सिक्स एस प्लस उपलब्ध हुनेछ भने अक्टोबर १६ तारिखदेखि भारत, मलेशिया र टर्किमा सार्वजनिक हुनेछ । बाँकी १३० मुलुकहरुमा भने यो वर्षको अन्त्यमा मात्र उपलब्ध हुने बताईएको छ ।

कम्पनीले विभिन्न देशहरुमा नयाँ आईफोन उपलब्ध हुने मिती तोकेपनि ती मुलुकहरुको खरिद मूल्य भने पछि तोक्ने बताईएको छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७२, मंगलवार