इन्टेक्सको ‘एक्वा सेन्स ५.०’ नेपाली बजारमा, थाइल्याण्डबाट नयाँ फोन भित्रिएको घोषणा

Technology Khabar १९ भाद्र २०७२, शनिबार

इन्टेक्सको ‘एक्वा सेन्स ५.०’ नेपाली बजारमा, थाइल्याण्डबाट नयाँ फोन भित्रिएको घोषणा

काठमाडौं ।

काठमाडौं, १९ भदौ । नेपालका लागि इन्टेक्स स्मार्टफोनको आधिकारीक आयातकर्ता तथा बितरक ईओएल प्रालिले इन्टेक्स एक्वा सेन्स ५.० (Intex Aqua Sense 5.0) स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ ।

ईओएल प्रालिले थाइल्याण्डको पटायामा आयोजना गरेको इन्टेक्स डिस्ट्रिव्यूटर्स सम्मेलनका क्रममा नेपाली बजारमा इन्टेक्स एक्वा सेन्स ५.० स्मार्टफोन भित्र्याएको घोषणा गरेको हो ।

उक्त स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ मा आधारित रहेको छ । उक्त स्मार्टफोनमा एलईडि फ्ल्याशसहित ५ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा रहेको छ भने सेल्फीका लागि भिजीए फ्रन्ट क्यामरा राखिएको छ ।

intex_aqua_sense_5
फोटो: गूगल

उक्त फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने ५१२ एमबी र्याम राखिएको छ । इन्टेक्सको यो फोनमा ८ मेगापिक्सेलको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगमा बढाउन सकिन्छ ।

इन्टेक्सको एक्वा सेन्स ५.० मा ५ इन्चको आईपीएस डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ९६०X५४० पिक्सेल रहेको छ ।

यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि ब्लूटूथ, वाईफाई, यूएसबी तथा जीपीएसको अप्शन रहेको छ । इन्टेक्सको यो फोनमा दुई सिम सपोर्ट गर्दछ भने थ्रीजी प्रयोग गर्न सकिन्छ ।

इन्टेक्सको एक्वा सेन्स ५.० स्मार्टफोनको नेपाली बजारमा कति मूल्य पर्दछ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् । विश्व बजारमा अगस्ट २०१५ मा सार्वजनिक भएको यो स्मार्टफोनको मूल्य भारतमा करिब ५,०००/- भारु पर्दछ ।

यसैबिच ईओएल प्रालिले इन्टेक्स डिस्ट्रिव्यूटर्स सम्मेलन गरेको छ । सिजी इलेक्ट्रोनिक्स प्रालिअन्तरगतको कम्पनीले थाइल्याण्डको पटायामा इन्टेक्स इण्डियासँगको सहकार्यमा डिस्ट्रव्यूटर भेला गरेको जनाएको छ ।MobilesKhabar_2

उक्त भेलामा नेपालभरीका ६५ जना इन्टेक्स स्मार्टफोनका डिस्ट्रिव्यूटर तथा व्यवस्थापन समूहको संलग्नता रहेको छ ।

डिस्ट्रिव्यूटर्स मिट २०१५ ले आर्थिक वर्ष २०७१/७२ को मूल्यांकन तथा २०७२/७३ को लक्ष्यको बारेमा छलफल गरेको बताईएको छ । त्यसैगरी गत आर्थिक वर्षका उत्कृस्ट डिस्ट्रिव्यूटर तथा उत्कृस्ट सेल्स पर्सनलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा चौधरी ग्रुपका वरिष्ठ महाप्रबन्धक रमेश श्रेष्ठले कुनैपनि व्यवसाय सफलहुनका लागि एकता र सहकार्य आवश्यक पर्ने बताए । उनले डिस्ट्रिव्यूटरहरुको कडा मेहनतले इन्टेक्स स्मार्टफोन नेपालमा सफल रहेको बताए ।

त्यसैगरी नेपालका लागि इन्टेक्स इण्डियाका कन्ट्रि हेड धर्मेन्द्र जोशीले नेपाली बजारलाई केन्द्रमा राखेर कम्पनीले ध्यान दिएको बताए । उनले नेपालमा स्मार्टफोनको संभावना धेरै रहेको भन्दै नेपालीको बजेट अनुसारका स्मार्टफोनहरु ल्याउने बताए ।MobilesKhabar_3

easy care

प्रकाशित: १९ भाद्र २०७२, शनिबार

ताजा समाचार