विश्वभरका १० अर्ब एन्ड्रोयड फोन जोखिममा, तपाईँको पनि पर्यो कि ?

Technology Khabar १२ श्रावण २०७२, मंगलवार

विश्वभरका १० अर्ब एन्ड्रोयड फोन जोखिममा, तपाईँको पनि पर्यो कि ?
सिम्बोलिक तस्विर

काठमाडौं ।

काठमाडौं, १३ साउन । के तपाईँ एन्ड्रोयडमा आधारित स्मार्टफोन प्रयोग गरिरहनुभएको छ ? यदि छ भने तपाईँको स्मार्टफोन जोखिममा रहेको छ । त्यसैले ह्याकरहरुको एमएमएसबाट बच्नुहोस् ।

अहिले विश्वभरका एन्ड्रोयडमा आधारित करिब १० अर्ब स्मार्टफोनहरु एक एमएमएसको डरका कारण खतरामा परेका छन् । त्यसैमध्ये तपाईँको एन्ड्रोयड अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन पनि जोखिममा परेको हो । अझ तपाईँको स्मार्टफोनमा कुनै एमएमएस आएको छ भने त तपाईँको सबै जानकारी ह्याकरले चोरिसकेका छन् ।

यदि तपाईँको फोनमा ह्याकर्सको कुनै यस्तो एमएमएस (मल्टि मिडिया म्यासेज) आईसकेको छ भने तपाईँको सबै जानकारीमा ह्याकरहरुले नियन्त्रण गर्न सक्नेछन् । यदि यस्तो म्यासेज आएको छ भने तपाईँले निकै सावधानि अपनाउनुपर्ने आवश्यकता रहेको छ ।

यसको सबैभन्दा खतराजनक विषय भनेको तपाईँलाई आफ्नो व्यक्तिगत जानकारीहरु ह्याकरले लिएको बारेमा कुनैपनि जानकारी हुनेछैन् ।

फोन निर्माण गर्ने कम्पनीलाई गूगलले यो बारेमा जानकारी दिईसकेको छ, तथा उनीहरुले आफ्नो तर्फबाट ग्राहकहरुलाई सफ्टवेयर प्याच पनि जारी गरिरहेका छन् । तर अहिलेसम्म कुन कुन फोनका लागि यो सफ्टवेयर प्याच दिईएको छ भन्ने कुनै जानकारी स्पष्टरुपमा आएको छैन् ।

कुन कुन फोनहरुमा खतरा देखिएको छ ?

सबै एन्ड्रोयड स्मार्टफोनहरु जुन एन्ड्रोयड अपरेटिंग सिष्टमको २.२ भर्सनभन्दा माथिको भर्सनमा संचालन हुन्छन ती सबै स्मार्टफोनहरु एमएमएसको शिकार हुनसक्नेछन् । अर्थात तपाईँको स्मार्टफोन एन्ड्रोयडको फ्रोयो २.२ संस्करण वा त्यसभन्दा माथिका जिन्जरब्रेड, हनिकम्ब, आईक्रिम स्याण्डबिच, जेली बिन, किटक्याट र ललीपपसम्मका ओएसमा आधारित छ भने त्यो फोन ह्याकरको निशानामा रहेको छ ।

सिम्बोलिक तस्विर
सिम्बोलिक तस्विर

एन्ड्रोयडको स्टेजफ्राइट नामक मल्टीमिडिया सिष्टममा यदि कुनै ह्याकरले भाईरसका साथमा एक एमएमएस भिडियो पठाउन सक्नेछ तर जसको स्मार्टफोनमा यस्तो म्यासेज आउँछ त्यो व्यक्तिले के भएको भन्ने कुनै जानकारी नै नपाउन सक्दछ ।

यदि यो म्यासेज आएको स्मार्टफोनमा प्रयोगकर्ताले त्यो म्यासेज नहेरेपनि भाईरसले आफसेआफ काम गर्नु शुरु गर्दछ ।

निकै खतरनाक भाईरस फोनमा प्री इन्टल्ड ह्यांगआउटको एपले आफैं एमएमएसद्धारा भिडियो प्रोसेस गरेर तपाईँको स्मार्टफोनको ग्यालरीमा राखिदिन्छ ।

ह्याकरलाई केबल तपाईँको फोन नम्बर मात्र हासिल गरे पुग्दछ, यसपछि ह्याकरले तपाईँलाई यो एमएमएस पठाउन सक्नेछ ।

तपाईँको स्मार्टफोनमा एमएमएस आएको केहि सेकेण्डमा नै भाईरसले आफ्नो काम गर्न शुरु गर्दछ ।

त्यसपछि ह्याकरले तपाईँको फोनलाई नियन्त्रणमा लिनसक्दछ । ह्याकरले तपाईँको फोनको बारेमा सम्पूर्ण जानकारीहरु हासिल गर्दछ ।

यतीमात्र होईन ह्याकरले तपाईँको सबै फोटोहरु, क्यामरा तथा माइक्रोफोनसम्म नियन्त्रण गर्ने क्षमता राख्दछ ।

कसरी यो भाईरसको बारेमा थाहा भयो ?

फोब्र्स म्यागजीनका अनुसार यो सेक्यूरिटीको कमजोरीका बारेमा एक अनुसन्धानकर्ताले पत्ता लगाएका हुन् । यो विषयको बारेमा यहि अप्रिलमा अनुसन्धानबाट पत्ता लागेको हो ।

Phone using2
सिम्बोलीक तस्विर

गूगलले सबै फोन बनाउने कम्पनीहरुलाई यो सेक्यूरिटीको कमजोरी हटाउनका लागि सफ्टवेयर प्याच पठाएको थियो तर फोन निर्माता कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई सफ्टवेयर प्याच दिएका छैनन् ।

गूगलले सेक्यूरिटीको कमजोरीको बारेमा जानकारी दिने अनुसन्धानकर्तालाई धन्यवाद दिएको छ । गूगलले एक प्रेस रिलिज गर्दै, ‘हामी रिसर्चर जोशुआ ड्यागको सहयोगका लागि आभारी छौं । एन्ड्रोयडको सुरक्षा त्यसको प्रयोग गर्नेहरुका लागि र हाम्रोलागि पनि निकै आवश्यक हो । यसैले हामीले तुरुन्तै प्याच आफ्ना सहकर्मी कम्पनीहरुलाई दिएको छौं जून ती सबै डिभाइसमा प्रयोग गर्न सकियोस् ।’

सुरक्षा समस्या

तर यो समस्या रहेको छ की कयौं डिभाइसमा यो सफ्टवेयर प्याक कयौं हप्ता तथा महिनाहरुसम्म पनि नपुग्ने देखिएको छ । किनकी फोन निर्माता कम्पनीहरुले यस्तो काम गर्न निकै समय लिने गरेका छन् ।

सबै मोबाइल फोन कम्पनीहरुले यो सफ्टवेयर सबैभन्दा पहिले आफ्नो फोनमा चेक गर्दछन अनिमात्र सबै ग्राहकहरुलाई यो सफ्टवेयर दिईन्छ ।

एचटीसीले फोब्र्स म्यागजीनलाई दिएको जानकारीअनुसार गूगलले उसलाई यो जानकारी जुलाईको शुरुवातमा दिएको थियो र उसले आफ्ना ग्राहकहरुलाई यो सफ्टवेयरको प्याच दिन शुरु गरेको थियो ।

कसरी बच्ने ?

ग्राहकहरुसँग यो समस्याबाट बच्नका लागि विकल्प रहेको छ । यसका लागि तपाईँको स्मार्टफोनमा भएको गूगलको ह्यांगआउटलाई आफ्नो डिफल्ट एप्लीकेशनको रुपमा प्रयोग गर्न बन्द गर्नुपर्दछ । सायद ह्याकर्सलाई यसको बरोमा जानकारी नभएको होला र त्यहि आधारमा तपाईँ सुरक्षित हुनसक्नुहुनेछ ।

विश्वभरका करिब ८० प्रतिशत स्मार्टफोन एन्ड्रोयडको अपरेटिंग सिष्टम प्रयोग गर्ने गर्दछन् । यस्तोमा कुनैपनि सुरक्षा कमजोरी विश्वभरका मोबाइल फोन प्रयोगकर्ताका लागि सिधा असर गर्दछ ।

विश्वबजारमा सामसुंग, माइक्रोम्याक्स, हुवावे, जियोनी, इन्टेक्सलगायतका कयौं स्मार्टफोनहरु एन्ड्रोयडको अपरेटिंग सिष्टममा आधारित रहेका छन् । बिबिसीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

ताजा समाचार