जोलोको प्रिमियम सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक, २ वटा रियर क्यामरायुक्त ‘जोलो ब्ल्याक’

Technology Khabar २५ असार २०७२, शुक्रबार

जोलोको प्रिमियम सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक, २ वटा रियर क्यामरायुक्त ‘जोलो ब्ल्याक’

काठमाडौं ।

काठमाडौं, २५ असार । जोलो कम्पनीले आफ्नो पहिलो प्रिमियम ब्राण्ड ब्ल्याक (Black) सार्वजनिक गरेको छ । कम्पनीले यो सह ब्राण्डमा पहिलो प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो प्रिमियम ब्राण्डमा जोलो ब्ल्याक (XOLO Black) सार्वजनिक गरेको हो ।

कम्पनीले जोलो ब्ल्याक स्मार्टफोन भारतमा सार्वजनिक गरेको हो । यो फोन सोमबारदेखि फ्लिपकार्टमा बिक्रीका लागि उपलब्ध हुनेछ । जोलो ब्ल्याक संस्करणका स्मार्टफोनहरु अनलाइनमा मात्र उपलब्ध हुनेछन् । जोलो ब्ल्याकको मूल्य फ्लिपकार्टमा १२ हजार ९ सय ९९ भारु अर्थात २०५ अमेरिकी डलर तोकिएको छ ।

यो स्मार्टफोन अहिले जोसँग जोलोको स्मार्टफोन छ, तिनीहरुले एक दिन पहिले आइतवार बेलुका ४ बजेदेखि ८ बजेको बिचमा खरीद गर्न सक्नेछन्, तर यसको लागि पहिले नै रजिस्ट्रेशन गर्नुपर्नेछ ।xolo-black_2

जोलो ब्ल्याक स्मार्टफोनमा ड्यूअल रियर क्यामरा राखिएको छ । यसमध्ये एउटा १३ मेगापिक्सेलको क्यामरा छ भने अर्को २ मेगापिक्सेलको क्यामरा रहेको छ । यी दुबै क्यामरा एकै साथ काम गर्ने बताईएको छ । यी क्यामराहरुले तिब्र अटोफोकस गर्न सक्दछन् । यसका साथै यो फोनमा यूबीफोकस पनि राखिएको छ, जसले यूजर्सलाई फोटो खिचेपछि पनि अब्जेक्ट्समा फोकस गर्ने मौका दिनेछ ।यो फोनको रियर क्यामराका लागि क्रोमफ्ल्याश छ भने फ्रन्ट क्यामराका लागि पनि फ्ल्याश दिईएको छ ।

यसअघि दुईवटा क्यामराको कन्सेप्ट सबैभन्दा पहिले एचटीसी एम एट (HTC M8) मा आएको हो ।

यो क्यामराको अटोफोकस ०.१५ सेकेण्ड भएको कम्पनीले जनाएको छ । यो फोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिईएको छ । यसमा एडोबको फोटो स्टूडियो एपपनि रहेको छ ।XOLO

यो स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ । यो फोनमा १०८०X१९२० पिक्सेलको रिजोल्यूशन क्वालिटि दिन्छ । यसको आईपीएस डिस्प्ले स्क्रीन ०३ पिक्सेल प्रति इन्चको पिक्सेल डेन्सिटी दिन्छ । यो स्मार्टफोन अलियोफोबिक कोटिंग तथा कोर्निग गुरिल्ला ग्लास ३ द्धारा सुरक्षित रहेको छ ।

जोलो ब्ल्याक स्मार्टफोनमा दोस्रो पुस्ताको ६४ बिटको स्न्यापड्रयागन ६१५ प्रोसेसर (Second generation Snapdragon 615 processor) दिईएको छ, जुन १ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए५३ तथा १.५ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए५३ अक्टा कोर प्रोसेसर राखिएको छ । यो फोनमा एड्रिनो ४०५ जीपीयू तथा २ जीबीको र्याम छ । जोलो ब्ल्याकमा १६ जीबीको इन्टरनल मेमोरी छ, जसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

दुई सिम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा माइक्रो सिम तथा नानो सिम प्रयोग गर्नुपर्ने हुन्छ ।

फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा थ्रीजी, वाईफाई ब्लूटूथलगायतका कनेक्टिभिटीको अप्शन दिईएको छ ।

३२०० एमएएच ब्याट्री राखिएको यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित रहेको छ ।

easy care

प्रकाशित: २५ असार २०७२, शुक्रबार