सामसुंगले करिब साढे चार करोड एस सिक्स तथा सिक्स एज बेच्ने डोयच बैंकको प्रतिवेदन

Technology Khabar ९ असार २०७२, बुधबार

सामसुंगले करिब साढे चार करोड एस सिक्स तथा सिक्स एज बेच्ने डोयच बैंकको प्रतिवेदन
फाईल फोटो

काठमाडौं ।

काठमाडौं, ९ असार । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले करिब ४ करोड ५० लाख यूनिट ग्यालेक्सी एस सिक्स (S6) तथा एस सिक्स एज (S6 Edge) को कारोबार गर्ने अनुमान गरेको छ । सामसुंगको आफ्नो यो फ्ल्यागशिप फोन कम्पनीले एक वर्षभित्र कारोबार गर्ने अनुमान डोयच बैंकद्धारा सार्वजनिक प्रतिबेदनमा उल्लेख छ ।

यसअघि पनि सिटि बैंकको गत अप्रिलमा आएको विश्लेषणमा कम्पनीले ५० मिलियनभन्दा बढि एस सिक्स तथा एस सिक्स एजको बिक्री हुने अनुमान गरिएको थियो । त्यस्तै अनुसन्धान संस्था काउन्टरप्वाइन्टले पनि सोहि संख्यामा कारोबार हुने अनुमान गरेको थियो ।

सामसुंगका एक कार्यकारीले पनि कम्पनीको आन्तरिक लक्ष्य पुरा हुने सार्वजनिक गरेका थिए ।

एकातिर सामसुंगको लक्ष्य पुरा हुने समाचार र तथ्यांक बाहिर आईरहँदा सबैजनाले भने एकै स्वर गरेका छैनन् ।

लगानी बैंक ओपनहेईमरले भर्खरै सामसुंगको पछिल्लो फ्ल्यागशिप फोन असफल भएको र कम्पनीको ब्यवसाय अस्वाभाविक रहेको दाबी गरेर प्रतिवेदन बाहिर ल्याएको थियो ।

सामसुंगको सबैभन्दा उच्च तहको स्मार्टफोन ग्यालेक्सी एस सिक्स र एस सिक्स एजले आगामी दिनमा कस्तो बजारहिस्सा लिन्छ भन्ने हेर्न भने केहि दिन कुर्नै पर्ने हुन्छ ।

easy care

प्रकाशित: ९ असार २०७२, बुधबार

ताजा समाचार