Monthly Archives: May 2015

एचपीको दुई वटा ट्याबलेट भारतीय बजारमा आउँदै

काठमाडौं, १७ जेठ । एचपीले भारतीय बजारमा एन्ड्रोयडमा आधारित केहि ट्याबलेटहरु छिटै उपलब्ध गराउने भएको छ । भारतीय बजारमा उपलब्ध हुने दुईवटा श्रेणीका ट्याबलेटहरु फरक फरक लक्षित समूहका लागि रहेका छन् । यी दुबै ट्याबलेटहरु एन्ड्रोयडको निकै पुरानो आउटडेटेड भर्सन जेलीबिन ४.२ मा आधारित छन तर एचपीले आफ्नो वेबसाइटमा किटक्याट अपडेट उपलब्ध रहेको उल्लेख गरेको छ । पहिलो ट्याबलेट एचपी ...

Read More »

गूगल फोटोजद्धारा निशुल्क फोटो तथा भिडियो स्टोर गर्नुहोस्

काठमाडौं, १७ जेठ । गूगलको आफ्नो वार्षिक कन्फ्रेन्स गूगल आई/ओ डेभलपर कन्फ्रेन्स अमेरिकाको सान फ्रान्सिस्को शहरमा शुरु भईसकेको छ । कन्फ्रेन्सको पहिलो दिन गूगलले अपरेटिंग सिष्टम एन्ड्रोयड ‘एम’का साथै फोटो सेभिंग एप पनि सार्वजनिक गरेको छ । गूगलले आफ्नो वार्षिक कन्फ्रेन्समा फोटो सेभिंगको लागि नयाँ स्ट्याण्डअलोन सर्भिस सार्वजनिक गरेको छ जसको मद्धतबाट प्रयोगकर्ताले आफ्ना तस्विरहरु तथा भिडियोहरु निःशुल्क स्टोर गर्न ...

Read More »

गूगलको नयाँ अपरेटिंग सिष्टम ‘एन्ड्रोयड एम’को घोषणा, यस्ता छन् सुविधाहरु

काठमाडौं, १७ जेठ । गूगलले आफ्नो वार्षिक कन्फ्रेन्स गूगल आई/ओ डेभलपर कन्फ्रेन्स (Google I/O Developer Conference) मा एन्ड्रोयडको पछिल्लो भर्सन ‘एन्ड्रोयड एम'(Android ‘M’) को घोषणा गरेको छ । कम्पनीको ‘एन्ड्रोयड एम’को प्रील रिलीज भर्सन पनि शुक्रबार सार्वजनिक भएको छ । गूगलको नयाँ अपरेटिंग सिष्टम ‘एन्ड्रोयड एम’ सन् २०१५ को अन्त्यसम्म फुल भर्सनमा उपलब्ध हुने अनुमान गरिएको छ ।गूगल सर्च, गूगल ...

Read More »

विश्वभर सवा तीन अर्ब व्यक्तिहरु इन्टरनेटको पहुँचमा हुने

काठमाडौं, १४ जेठ । सन् २०१५ को अन्त्यसम्म विश्वको कुल जनसंख्याको आधा जनसंख्या इन्टरनेटसँग जोडिने तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघको संस्था अन्तराष्ट्रिय टेली कम्यूनिकेशन यूनियन (आईटीयू)को एक प्रतिवेदन अनुसार ३.२ अर्ब भन्दा बढि व्यक्तिहरु अनलाईनमा हुनेछन् । हाल विश्वको जनसंख्या ७.२ अर्ब छ । यसमध्ये विकासशील देशहरुमा बस्ने दुई अर्ब व्यक्तिहरु सहभागी हुने प्रतिवेदनले उल्लेख गरेको छ ...

Read More »

वाटरप्रुफ र डस्टप्रुफ ‘सोनी एक्सपेरिया जेड ३ प्लस’ सार्वजनिक

काठमाडौं, १४ जेठ । जापानी स्मार्टफोन निर्माता कम्पनी सोनीले अप्रिलमा जापानमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया जेड फोर लन्च गरेको थियो । यसपछि कम्पनीले बुधवार मात्र अर्को नयाँ स्मार्टफोन एक्सपेरिया जेड थ्री प्लस विश्व बजारमा लन्च गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन अघिल्लो वर्ष सेप्टेम्बरमा लन्च गरेको एक्सपेरिया जेड थ्रीको अपग्रेडेड भर्सन हो । एक्सपेरिया जेड थ्रीको जस्तै ...

Read More »

सामसुंगको ‘जेड वान’ बंगलादेशमा पहिलो स्थानमा

काठमाडौं, ११ जेठ । सामसुंगको टाईजेनमा आधारित एकमात्र स्मार्टफोन जेड वान (Z1) चालु वर्षको पहिलो चौमासिकमा बंगलादेशमा पहिलो स्थानमा पुग्न सफल भएको छ । मार्केट रिसर्च फर्म काउन्टरपोइन्टको नयाँ प्रतिवेदनअनुसार जेड वान बंगलादेशमा पहिलो स्थान रहेको छ । दक्षिण कोरियाली टेक कम्पनी सामसुंगले मोबाइल फोन शिपमेन्टमा ७.२ प्रतिशत हिस्सा ओगटदै बजारमा दोस्रो स्थानमा रहेको छ भने सोहि चौमासिकमा २३.४ प्रतिशत ...

Read More »

होसियार ! तपाईँको पुरानो स्मार्टफोनबाट डाटा चोरी हुनसक्छ

काठमाडौं, ११ जेठ । अधिकांश मोबाइल प्रयोगकर्ताहरुले आफ्नो पुरानो मोबाइल बेचेर वा साटेर नयाँ मोबाइल खरिद गर्ने गर्दछन् । बजारमा हरेक दिन नयाँ मोबाइल आउने गरेको अवस्थामा उपभोक्ताहरुले आफूले प्रयोग गर्दै आएको पुरानो स्मार्टफोन पसलमा बेचेर नयाँ मोबाइल खरिद गर्दा डाटा चोरी हुने संभावना अधिक रहेको छ । के तपाईँपनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल खरिद गर्ने सोचमा हुनुहुन्छ ? ...

Read More »

ब्ल्याकबेरीलाई माइक्रोसफ्टले खरिद गर्न सक्नेःरिपोर्ट

काठमाडौं, १० जेठ । चर्चित क्यानेडियन मोबाइल कम्पनी ब्ल्याकबेरीको अधिग्रहण गर्ने समाचारले टेक मिडियामा पछिल्ला दिनहरुमा निकै चर्चा पाएको छ । डिसेम्बर २०१४ तथा फरवरी २०१५ मा नाफामा रहन सफल भएपनि ब्ल्याकबेरी कम्पनी बिक्री हुने तरखरमा भएको समाचार सार्वजनिक भएको छ । टेक साइट डिजीटाइम्सले यस उद्योगसँग सम्बन्धित स्रोतलाई उद्धत गर्दै ब्ल्याकबेरीको अधिग्रहणको बारेमा समाचार सार्वजनिक गरेको छ । माइक्रोसफ्टका ...

Read More »

इन्टेक्सले निशुल्क कल गर्ने सुविधा सहितको स्मार्टफोन ल्याउने

काठमाडौं, १० जेठ । भारतीय स्मार्टफोन कम्पनी इन्टेक्सले जुलाईमा दुईवटा स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउन लागेको स्मार्टफोनहरुमा निशुल्क कल गर्ने सुविधा उपलब्ध हुनेछ । इन्टेक्सले सिंगापुरको मोबाइल एप्लिकेशन कम्पनी जेनटे कम्यूनिकेशन्ससँग सहकार्य गरेको छ । इन्टेक्सको नयाँ फोन ‘नानू’ सफ्टवेयरयुक्त हुनेछ । नानूको मूल कम्पनी जेनटे कम्यूनिकेशनको मुख्य कार्यकारी मार्टिन नाइगेटले यो निशुल्क कलिंग एपलाई टूजी ...

Read More »

यस्तो छ सामसुंगको आउन लागेको ट्याबको फीचर्स

काठमाडौं, ८ जेठ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगको आउन लागेको ट्याबलेटको फीचर्स लीक भएको छ । सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको फीचर्स बेंचमार्किंग एप गीकबेन्चमा लीक भएको हो । आउन लागेको नयाँ ट्याबलाई सामसुंगको ग्यालेक्सी ट्याब एस मोडलको सफलताको निरन्तरता भएको बताईएको छ । लीक भएको जानकारी अनुसार सामसुंगको यो ट्याबलाई ‘चोपीन-एलटिई’ ( samsung CHOPIN-LTE) कोड नाम दिईएको ...

Read More »