सोनीको स्मार्टफोन एक्सपेरिया जेडफोर सार्वजनिक, जापानमा वर्षको मध्यमा उपलब्ध हुने

Technology Khabar ७ बैशाख २०७२, सोमबार

सोनीको स्मार्टफोन एक्सपेरिया जेडफोर सार्वजनिक, जापानमा वर्षको मध्यमा उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, ७ वैशाख । सोनी कर्पोरेशनले सोमबार उच्चस्तरको नयाँ स्मार्टफोन एक्सपेरिया जेड फोर (Xperia Z4) सार्वजनिक गरेको छ । कम्पनीले प्रेस रिलीजगर्दै नयाँ स्मार्टफोनको फीचर्सको बारेमा जानकारी पनि दिएको छ ।

सोनीको यो एक्सपेरिया जेड फोर स्मार्टफोन एक्सपेरिया जेड थ्रीको सफलताको नयाँ श्रेणी हो । यो स्मार्टफोनमा अल्म्यूनियम फ्रेम राखिएको छ भने ५.२ इन्चको स्क्रीन रहेको छ जसको रिजोल्यूशन १०८०X१९२० रहेको छ । यसमा ६४ बीटको क्वालकम स्न्यापड्रयागन ८१० अक्टाकोर प्रोसेसर राखिएको छ ।Mobilekhabar_2

नयाँ फोनमा ३ जीबीको र्यामका साथै ३२ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ भने माइक्रो कार्डद्धारा १२८ जीबीसम्म बढाउन सकिनेछ । यो फोन एन्ड्रोयडको ललिपप ५.० भर्सनमा आधारित रहेको छ ।

यसभन्दा अगाडिको स्मार्टफोन जेड थ्री जस्तै यसमा धुलोबाट बचाउने तथा वाटर रेसिस्टान्टको लागि आईपी ६८ (IEP 68) सर्टिफीकेशन रहेको छ । कम्पनीका अनुसार एक्सपेरिया जेड फोर ६.९ मिलिमिटर पातलो छ भने तौल १ सय ४४ ग्राम रहेको छ ।Mobileskhabar_3

यो फोनमा एक्समोर आईएस इमेज सेन्सरका साथमा २०.७ मेगापिक्सेलको रियर क्यामरा छ । रियर क्यामरामा कुकिंग मोड फीचर एड गरिएको छ । यो फीचरले प्रयोगकर्तालाई खानेकुराहरुको आकर्षक फोटो खिच्न सहयोग गर्दछ । कम्पनीले सेल्फी लभर्सलाई ध्यानमा राखेर फोनमा भिडियो च्याट तथा सेल्फीका लागि ५.१ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखेको छ ।

यो स्मार्टफोनमा २,९३० एमएएचको ब्याट्री राखिएको छ, जसलाई निकाल्न मिल्दैन । तर कम्पनीले यसको टक टाइम तथा स्ट्याण्डबाई टाइमको बारेमा कुनै जानकारी दिएको छैन् । एक्सपेरिया जेड फोरमा वायरलेस म्यूजिक सुन्नको लागि उच्चस्तरको अडियो सुविधा राखिएको छ ।

मोबाइल निर्माणमा निकै संघर्ष गरिरहेपनि नयाँ स्मार्टफोन लन्च गरेर सोनीले अझैपनि स्मार्टफोनको दौडमा आफ्नो कम्पनी रहेको जानकारी दिएको छ । कम्पनीले मोबाइलको बजार विस्तार गर्नेभन्दा पनि खर्च कमगर्ने तर्फ ध्यान दिईरहेको छ ।

सोनीले एक्सपेरिया जेड फोर जापानमा यो वर्षको मध्यसम्म उपलब्ध हुने जानकारी दिएको भएपनि यसको बजारमा उपलब्ध हुने मिति र क्यारियर पार्टनर तथा मूल्यको बारेमा कुनै जानकारी दिएको छैन् ।

यो सेट चार कलरमा बजारमा उपलब्ध हुनेछ । गतवर्ष मात्रै मोबाइल यूनिटको नेतृत्वमा नियुक्त भएका हिरोकी तोतोकीले सामसुंग इलेक्ट्रोनिक्स तथा एप्पल इंकले बजार ओगटेको माथिल्लो श्रेणीको बजारमा सोनीले ध्यान दिईरहेको बताएका छन् ।

त्यहाँ १ सय डलरदेखि १ हजार ४ सय डलरसम्मका निकै फराकिलो किसिमको मूल्य सहितको स्मार्टफोनहरु उच्च श्रेणीमा छन्, उनले प्रेस कन्फ्रेन्समा भने, हामी त्यसमध्येको माथिल्लो आधा भागमा ध्यान केन्द्रित गर्न चाहन्छौं ।

कम्पनीले नयाँ स्मार्टफोन एक्सपेरिया जेड फोर विश्व बजारमा उपलब्ध हुने वा नहुने बारेमा कुनै जानकारी दिएको छैन् । एजेन्सीको साथमा

Global Bank
easy care

प्रकाशित: ७ बैशाख २०७२, सोमबार

ताजा समाचार