भिडियो स्ट्रिमिंगको लागि ट्विटरले ‘पेरिस्कोप’ एप ल्यायो

Technology Khabar १४ चैत्र २०७१, शनिबार

भिडियो स्ट्रिमिंगको लागि ट्विटरले ‘पेरिस्कोप’ एप ल्यायो

काठमाडौं ।

काठमाडौं, १४ चैत । सामाजिक संजाल साईट ट्विटरले भिडियो स्ट्रिमिंगका लागि नयाँ एप सार्वजनिक गरेको छ ।

कम्पनीले मिरकाट नामक प्रतिद्धन्दी एपलाई रोक लगाएको एक दिनपछि मात्रै भिडियो स्ट्रिमिंगका लागि पेरिस्कोप (Periscope) नामक नयाँ एप विहिवार सार्वजनिक गरेको हो । मिरकाट (Meerkat) नामक एप ट्विटरमा पछिल्लो महिनाहरुमा निकै लोकप्रिय रहेको थियो ।

मिरकाटले आफ्ना लगानीकर्ताहरु जो सिलिकन भ्यालीका भेन्चर लगानीकर्ताहरु ग्रेलक पार्टनर्स तथा साउण्ड भेन्चर्स, अस्टन कुचरको फण्डहरुको नाम सार्वजनिक गरेको दिनमा नै ट्विटरले उक्त घोषणा गरेको हो ।periscope

मिरकाटको नयाँ रकम संकलन गर्ने समयमा लाखौं डलर फण्ड संकलन गर्ने अपेक्षा गरिएको छ । यो एप यसअघि नै सेलेब्रेटिहरुमाझमा भिडियो स्ट्रिमिंगको लागि लोकप्रिय रहेको थियो ।

ट्विटरले एक ब्लगपोष्टमा पेरिस्कोप जनवरी महिनामा नै ल्याईसकिएको बताएको छ ।

ट्विटरको नयाँ एपले मिरकाटको जस्तै प्रयोगकर्तालाई भिडियो सेभ गर्ने तथा पछि रिप्ले गर्ने सूविधा दिने प्रविधिसम्बन्धि साईट दि भर्गले उल्लेख गरेको छ । यो एप अहिले एप्पलको एप स्टोरमा मात्र उपलब्ध छ भने एन्ड्रोयडको लागि एप ल्याउने तयारी भईरहेको ट्विटरले उल्लेख गरेको छ ।

कम्पनीले सन् २०१२ मा भिडियो शेयरिंग सेवा भाईन ल्याएको थियो भने त्यसपछि निकै आक्रामकरुपमा यसको क्षमता विस्तार गर्दै फोटो खिच्ने, भिडियो तथा अन्तरक्रिया सामाग्रीहरु राख्नको लागि निकै प्रयोग हुँदै आएको थियो ।

भाईन अहिले एप्पलको आईट्यून्स स्टोरमा सबैभन्दा लोकप्रिय एप्समध्ये एक भएको छ, जुन ट्विटरका प्रयोगकर्ताले छ सेकेण्डको भिडियो क्लिप्सलाई ट्विटरको रुपमा प्रयोग गरिरहेका छन् । एजेन्सीहरुको सहयोगमा

Global Bank
easy care

प्रकाशित: १४ चैत्र २०७१, शनिबार

ताजा समाचार