माइक्रोम्याक्सको ललिपप ५.० मा आधारित पहिलाे फोन क्यानभास फायर ४

Technology Khabar १९ फाल्गुन २०७१, मंगलवार

माइक्रोम्याक्सको ललिपप ५.० मा आधारित पहिलाे फोन क्यानभास फायर ४

काठमाडौं ।

काठमाडौं, १९ फागुन । माइक्रोम्याक्सले आफ्नो नयाँ स्मार्टफोन क्यानभास फायर ४ सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्स क्यानभास फायरको चौथो सिरिजको नयाँ स्मार्टफोन एन्ड्रोयडको ललिपप ५.० मा आधारित रहेको छ । माइक्रोम्याक्सले बार्सिलोनामा आयोजना भईरहेको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा आफ्नो पहिलो एन्ड्रोयड ललिपप ५.०अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन सार्वजनिक गरेको हो ।Canvas fire 4-1

यो स्मार्टफोनमा दुईवटा फ्रन्ट स्पीकर संचालन हुनेगरि राखिएको छ, जुन स्पीकर साइसर लजिक वल्फसन डब्लूएम ८९१८ अडियो चीपसेटद्धारा (Cirrus Logic Wolfson WM8918 audio chipset ) संचालन हुन्छ । यो स्पीकरले उच्चस्तरको अडियो आउटपुट दिने बताईएको छ ।Canvas-Fire-4-A107-Camera-details

माइक्रोम्याक्सको क्यानभास फायर ४ स्मार्टफोन नाम उल्लेख नभएको १.३ गीगाहर्ज क्वाड कोर मोबाइल प्रोसेसरद्धारा चल्दछ । यो स्मार्टफोनमा १ जीबीको र्याम छ भने ८ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यसमा माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म मेमोरी बढाउन सकिनेछ । यसमा वाइफाइ, ब्लूटुथ, जीपीएस र एफएम पनि रहेको छ ।micromax-canvas-fire-4-2

क्यानभास फायर ४ मा ८ मेगापिक्सलको एलईडी फ्ल्याशसहितको रियर क्यामरा राखिएको छ भने फ्रन्टमा २ मेगापिक्सलको क्यामरा रहेको छ । यसले दुई सिम सपोर्ट गर्दछ भने यसको ब्याट्री क्षमता २००० एमएएच रहेको छ । कम्पनीका अनुसार यो स्मार्टफोनमा भएको ब्याट्रीले ३०० घण्टासम्मको स्ट्याण्डबाई टाइम दिनेछ ।canvas-fire_1425365494

माइक्रोम्याक्स क्यानभास फायर ४ कालो र सिल्भर कलरमा बजारमा उपलब्ध रहेको छ जसको बजार मूल्य १ सय १३ अमेरिकी डलर तोकिएको छ । यो स्मार्टफोन इ कमर्श साईट तथा रिटेल स्टोर्समा उपलब्ध हुने बताईएको छ । तर कम्पनीले अहिलेसम्म माइक्रोम्याक्सको आधिकारिक वेवसाइटमा लिष्ट गरेको छैन् ।

यो स्मार्टफोनमा ४.५ इन्चको स्क्रीन रहेको छ जसमा ४८०X८५४ पिक्सलको रिजोल्यूशन रहेको छ । कम्पनीले यसको स्क्रीन सुरक्षाको लागि कार्निग गोरिल्ला ग्लास ३ को प्रयोग गरेकोछ ।

क्यानभास फायर ४ मा न्यूजहंट, पेटाइम, स्न्यापडिल, सावन म्यूजिक एप, क्लीनमाष्टर, क्विकरलगायतका कयौं एप्स प्री लोडेड रहेको छ ।

नेपालमा यो स्मार्टफोन कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । नेपालमा यो फोन पशुपति ट्रेड लिंकले आयात तथा बिक्री गर्दै आएको छ । एजेन्सीको सहयोगमा ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७१, मंगलवार