भारतीय ब्राण्ड सेल्कन नेपाल भित्रियो, बारफोनदेखि स्मार्टफोनसम्म उपलब्ध

Technology Khabar १७ फाल्गुन २०७१, आईतवार

भारतीय ब्राण्ड सेल्कन नेपाल भित्रियो, बारफोनदेखि स्मार्टफोनसम्म उपलब्ध

काठमाडौं ।

काठमाडौं, १७ फागुन । भारतीय मोबाइल ब्राण्ड ‘सेल्कन’ (Celkon) नेपाली बजारमा भित्रिएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालिले सेल्कनलाई नेपाली बजारमा बिक्रि बितरण गर्न सुरु गरेको हो । भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक नेपाल आएको हो । Celkon3

सेल्कनले एकैचोटी करिब एक दर्जन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।  जसमध्ये क्यु ४५५, क्यु ५०० अल्ट्रा, क्यु ५, ए२०, ए ३५४ सि, ए ११५,  सि ५एस , सि ६०९ स्टार, सि ५ प्लस, सि ३४४ रहेका छन् ।

नेक्स्ट जेनेरेशनले सेल्कन मोबाइल उपत्यका लगायत नेपाल भरका २ दर्जन बढी अधिकृत बिक्रेता मार्फत कारोबार शुरु गरिसकेको छ । मोबाइल सेटमा एक बर्ष वारेन्टी सहित ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिएको जनाएको छ । Red (1)

नेपाली बजारमा सेल्कन ब्राण्डले छोटो समयमा नै अग्रस्थान ओगट्नेमा बिश्वस्त रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराइले बताए ।

बिक्रिपछिको सुबिधालाई बिशेष ध्यान दिएको कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको, सुन्धारामा रहेको सिटिसी मोबाइल बजारमा पनि सर्भिस सेन्टर रहने तथा आबश्यकता अनुसार बिस्तार गरिने नेक्स्ट जेनेरेशनले जनाएको छ ।

एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु ४५५ स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरासँगै फ्ल्यास लाईट, १.२ क्वाड कोर प्रोसेसर, ४.५ इन्चको क्युएचडी आइपिएस डिस्प्ले, १ जीबी र्याम, दुइवटा सिम प्रयोग हुने र २००० एमएएच ब्याट्री रहेको छ ।

यसैगरि क्यु ५०० अल्ट्रामा २ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामरा, २ मेगापिक्सल फ्रन्ट क्यामेरा, २५०० एमएएचको ब्याट्री, १.२ क्वाडकोर प्रोसेसर र १२.७ सेन्टिमिटरको एचडि स्क्रिन सहितका फीचर रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार