Monthly Archives: March 2015

हुवावे पि८ को जानकारी सार्वजनिक, कम्पनीको नाफामा पनि ३३ प्रतिशतको वृद्धि

काठमाडौं, १७ चैत । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको पछिल्लो स्मार्टफोन पि८ (P8) को बारेमा तस्विर तथा जानकारीहरु सार्वजनिक भएको छ । कयौं कम्पनीहरुले मोबाइल वल्र्ड कांग्रेस २०१५ मा आफ्ना नयाँ उत्पादनहरुको बारेमा घोषणा गरेपनि हुवावेले भने भर्खर मात्रै आफ्नो नयाँ आउन लागेको स्मार्टफोन पि८ को बारेमा आफ्नो आधिकारी वेबो (Weibo) पेजमार्फत टिजर सार्वजनिक गरेको छ । त्यस्तै हुवावेको पि८ ...

Read More »

सिटिसी मलमा सामसुङ मोबाइल एक्सपो हुँदै

काठमाडौं, १६ चैत । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा चैत २७ देखि सामसुङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो हुनेभएको छ । मोबाइल एक्सपो चैत २७ देखि नयाँ बर्षको पहिलो हप्ताभरी चल्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशत सम्मको छुट, हरेक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुटको ब्यबस्था स्क्र्याच ...

Read More »

एलजी स्पिरिट भारतीय बजारमा, मुल्य २ सय २८ डलर मात्र

काठमाडौं, १६ चैत । कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन स्पिरिट सबैभन्दा पहिले भारतीय बजारमा बिक्री गर्ने घोषणा गरेको छ । कम्पनीले ल्याएको नयाँ स्मार्टफोन एलजीको आफ्नो भारतमा भएको वेवसाइटमा लिस्टेड गरिएको छ । एलजीको स्पिरिट मिडरेन्ज स्मार्टफोनको रुपमा भारतीय बजारमा आएको हो । कम्पनीले यो स्मार्टफोनको मूल्य २ सय २८ अमेरिकी डलर (१४ हजार २ सय ५० भारु) तोकेको छ ...

Read More »

कम्प्यूटर प्रयोगकर्ताका लागि क्रोम ब्राउजरमा ‘डाटा सेभर’ फीचर

काठमाडौं, १६ चैत । गूगलले नयाँ फीचरसहितको क्रोम ब्राउजर लन्च गरेको छ । नयाँ ब्राउजरलाई डाटा सेभर ब्राउजरको रुपमा उल्लेख गरिरएको छ, जसले वेबसाइटहरु प्रयोगको समयमा ब्याण्डविथ र वेबपेज लोडिंग हुने समयलाई बचत गर्दछ । गूगल क्रोमको यो सेवा पहिले मोबाइल प्रयोगकर्ताहरुलाई मात्र लक्षित गरिएको थियो, जो सिमित कनेक्टीभिटीबाट पिडित हुने तथा निकै महंगो मोबाइल डाटा बचाउन चाहन्थे । तर ...

Read More »

एचटीसीको नयाँ ट्याबलेट ‘टी१एच’ आउँदै

काठमाडौं, १५ चैत । ताइवानी कम्पनी एचटीसीले चीनियाँ बजारमा कडा प्रतिस्पर्धामा उत्रनको लागि पछिल्ला दिनहरुमा निकै तयारी गरिरहेको छ । एचटीसीले यसअघि नै वान एम९ (One M9), एम९ प्लस (M9 Plus) तथा इ९(E9) स्मार्टफोन ल्याउने चर्चा चलिरहेको छ, जसले चीनियाँ बजारका साथै एशियाली बजारमा पनि छिटै आउनेछ । तर यसका साथै ताइवानी कम्पनीले अर्को डिभाइस पनि ल्याउने तयारीमा रहेको छ, ...

Read More »

माइक्रोम्याक्स क्यानभास ए१ ललिपप ५.१ मा अपडेट हुने, अपडेट पाउने पहिलो एन्ड्रोयड वान फोन

काठमाडौं, १५ चैत । गूगलले सार्वजनिक गरेको एन्ड्रोयड वान (Android One) मा आधारित स्मार्टफोनहरुमध्ये माइक्रोम्याक्सको स्मार्टफोनले ललिपप ५.१ मा अपडेट हुने अवसर पाएको छ । गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोनहरुमध्ये माइक्रोम्याक्स क्यानभास ए १ (Micromax Canvas A1) ले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिष्टम ललिपपको ५.१ भर्सनमा अपडेट हुने अवसर पाएको हो । अब माइक्रोम्याक्सको क्यानभास ए १ स्मार्टफोन प्रयोगकर्ताहरुले ललिपपमा अपडेट ...

Read More »

भिडियो स्ट्रिमिंगको लागि ट्विटरले ‘पेरिस्कोप’ एप ल्यायो

काठमाडौं, १४ चैत । सामाजिक संजाल साईट ट्विटरले भिडियो स्ट्रिमिंगका लागि नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले मिरकाट नामक प्रतिद्धन्दी एपलाई रोक लगाएको एक दिनपछि मात्रै भिडियो स्ट्रिमिंगका लागि पेरिस्कोप (Periscope) नामक नयाँ एप विहिवार सार्वजनिक गरेको हो । मिरकाट (Meerkat) नामक एप ट्विटरमा पछिल्लो महिनाहरुमा निकै लोकप्रिय रहेको थियो । मिरकाटले आफ्ना लगानीकर्ताहरु जो सिलिकन भ्यालीका भेन्चर लगानीकर्ताहरु ग्रेलक ...

Read More »

एप्पल आईफोन ६ एस, ६ एस प्लस र ६ सी ल्याउने तयारीमा

काठमाडौं, १३ चैत । विश्वको सबैभन्दा मूल्यबान कम्पनीको रुपमा चिनिँदै आएको अमेरिकी कम्पनी एप्पलले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो सालको उत्तरार्धमा एकै पटक तीनवटा मोडलका आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले हरेक वर्षको सेप्टेम्बरमा नयाँ आईफोन सार्वजनिक गर्ने गरेको छ भने आफ्ना आईफोनको परिस्कृत मोडल पनि सार्वजनिक गर्ने भएको छ । तर यो पटक कम्पनीले ...

Read More »

माइक्रोम्याक्सको २० प्रतिशत शेयर सफ्टबैंकको नेतृत्वमा खरिद गर्न छलफल, १ बिलियन डलरको शेयर किनबेच हुने संभावना

काठमाडौं, १२ चैत । जापानको मोबाइल टेलिकम फर्म सफ्टबैंक कर्पोरेशनको नेतृत्वमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सको शेयर खरिद बिक्री हुने भएको छ । सफ्टबैंक कर्पोरेशनको नेतृत्वमा लगानीकर्ताहरुको एक समूहले मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्स इन्फमेटिक्सको शेयर(Stake) १ विलियन अमेरिकी डलरमा खरिद गर्न लागिएको छलफलको बारेमा जानकारी राख्ने दुई व्यक्तिलाई उद्धत गर्दै समाचार सार्वजनिक भएको छ । व्यक्तिहरुका अनुसार माइक्रोम्याक्सले किफायती स्मार्टफोन ...

Read More »

बजाजको बाइक खरिदमा २० प्रतिशत डाउन पेमेन्टको अफर

काठमाडौँ, १२ चैत्र । एच.एच. बजाजले कुनै पनि बजाज बाइकको खरिदमा २० प्रतिशत सजिलो डाउन पेमेन्ट योजना घोषणा गरेको छ । डाउन पेमेन्टमा ग्राहकले ३० महिनाको किस्ताबन्धी सुविधा पाउने छन् । साथै ग्राहकहरुको सजिलोका लागि फाइनान्सिङ्ग सुविधा बाइक खरिद गरेको सोरुममै उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो योजना उपत्यका भित्रका अधिकारीक बजाजको सोरुमहरुमा तथा मुलुकभरका विभिन्न शोरुमहरुमा उपलब्ध छ ...

Read More »