नयाँ अपरेटिङ सिष्टम उबन्टू सार्बजनिक, बिक्यूको अक्वारिस ई४.५ उबन्टू एडिसनमा

Technology Khabar २६ माघ २०७१, सोमबार

नयाँ अपरेटिङ सिष्टम उबन्टू सार्बजनिक, बिक्यूको अक्वारिस ई४.५ उबन्टू एडिसनमा

काठमाडौं ।

BQ-Aquaris-E4.5काठमाडौं, २६ माघ । स्मार्टफोनको संसारमा नयाँ अपरेटिङ सिष्टम सार्वजनिक भएको छ । हालसम्म अधिकांश स्मार्टफोनहरुमध्ये केहिमा एन्ड्रोयड, केहिमा आईओएस, कुनैमा फायरफक्स तथा केहि स्मार्टफोनहरु विण्डोज अपरेटिङ सिष्टममा आधारित भएर बजारमा आउने गरेका थिए । तर सोमबारदेखि स्मार्टफोनको संसारमा नयाँ अपरेटिङ सिष्टम उबन्टू (Ubuntu)  सार्वजनिक भएको छ । यो एक अोपन सोर्स सफ्टवेयर हो ।BQ-Aquaris

यो अपरेटिङ सिष्टमसहित स्पेनको स्मार्टफोन कम्पनी बिक्यू (BQ) को नयाँ स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरिएको छ । अब अपरेटिङ सिष्टममा उबन्टू सबैभन्दा कान्छो र पाचौं अपरेटिङ सिष्टम भएको छ । यो अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन सोमबार यूरोपमा सार्वजनिक गरिएको छ ।

उबन्टूले छिटै आफ्नो अपरेटिङ सिष्टमसहितको स्मार्टफोन सार्वजनिक गर्ने चर्चा भएपनि सोमबार मात्र यो विश्व बजारमा आएको हो ।

बेलायती कम्पनी क्यानोनिकलले ल्याएको बिक्यूको नयाँ अक्वारिस ई ४.५ (Aquaris E4.5) उबन्टू एडिसनको स्मार्टफोन पहिलो पटक विश्व बजारमा आएको हो । यो फोन कार्डमा आधारित इन्टरफेसमा निर्भर हुनेछ जसमा कुनै एप्सले काम गर्नेछैन् । बिक्यूले यो स्मार्टफोनलाई फ्ल्याश सेलको माध्यमबाट बिक्री गर्ने बताईएको छ । यस्तो प्रयोग अधिकांश चीनियाँ स्मार्टफोन कम्पनीहरु विशेषतः शिओमीले गरिसकेको छ ।

बिक्यूले उबन्टूसँग मिलेर ल्याएको उबन्टू एडिसनको यो स्मार्टफोनको हार्डवेयर यसअघि आएको बिक्यूको अक्वारिस ई ४.५ को जस्तै समान रहेको छ । तर यो नयाँ स्मार्टफोनमा भने उबन्टूको अपरेटिङ सिष्टम प्रयोग हुनेछ जसलाई कम्पनीले “उबन्टू एडिसन” भनिएको छ ।bq-aquaris-e4-5

यो स्मार्टफोनमा ४.५ इन्चको क्यूएचडी स्क्रीन राखिएको छ भने १.३ गीगाहर्जको क्वाड कोर मिडियाटेक कोर्टेक्स ए७ (Quad Core MediaTek प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा १ जीबीको र्याम राखिएको छ भने ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ । दुईवटा सिम सपोर्ट गर्ने यो स्मार्टफोनको रियर क्यामरा दुईवटा एलईडी फ्ल्याशसहित ८ मेगापिक्सलको छ भने फ्रन्ट फेसिङ क्यामरा ५ मेगापिक्सलको छ । यसको ब्याट्रि क्षमता २१५० एमएएच रहेकोछ ।

यो स्मार्टफोन हाल यूरोपमा १ सय ६९ दशमलब ९० यूरोमा (करिब १सय ९२ डलर) उपलब्ध हुनेछ । यो स्मार्टफोन स्पेन, स्वीडेन, यूके र पोर्चुगलमा सिम बण्डलिङसहित पनि उपलब्ध रहेको छ । एजेन्सीहरु

easy care

प्रकाशित: २६ माघ २०७१, सोमबार