कोका–कोला २०१४ को सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित

Technology Khabar १५ माघ २०७१, बिहीबार

कोका–कोला २०१४ को सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित

काठमाडौं ।

काठमाडौँ, १५ माघ । कोका–कोला २०१४ को सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित भएको छ । मोबाइल मार्केटरको सो पुरस्कार मोबाइल विक्रेताहरुको क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । मोबाइल मार्केटरका अनुसार कोका–कोलाले आफ्नो प्रबर्धनका लागि निरन्तर रुपमा मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरुको प्रयोग गर्दै आएको छ । कोका–कोलाले २०१४मा एप्पलको भेन्डिङ मेसिन देखि सम्वन्धित प्रविधिको प्रयोग गरि गीतहरु डाउनलोड गर्नका लागि बनाइएको क्यूआर कोड जस्ता विभिन्न योजनाहरु प्रस्तुत गरेको थियो ।

कोका–कोलाको मोबाइल कनेक्सनका निर्देशक टम ड्यालीका अनुसार कोका–कोला कम्पनी मोबाइल प्रविधिको प्रयोगमा परिचित भएको छ र मोबाइललाई सानो कम्प्युटरका रुपमा मात्र नभइ अन्य धेरै क्षेत्रमा यस्को प्रयोग हुने किसिमको योजनाहरु तयार पार्न प्रतिबद्ध छ ।

आउँदो दिनहरुमा कोका–कोलाले मोबाइलको प्रयोगलाई अझै बढाउँदै संसारभरि नै मोबाइल भिडियो र लगाउन मिल्ने उपकरणहरु जस्तो प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

easy care

प्रकाशित: १५ माघ २०७१, बिहीबार

ताजा समाचार