Technology Khabar १३ माघ २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौ १३ माघ । बर्ड मोबाइलको आधिकारीक बिक्रेता ग्याजेटस् नेपाल प्रालीले नयाँ मोडलको ट्याबलेट ल्याएको छ । नयाँ ट्याबमा ७ इन्चको स्क्रिन रहेको छ भने यो ट्याबलेट एण्ड्रोयडको किटक्याट अपरेटिङ सिष्टममा आधारित छ । यसमा थ्रीजी, डुअल क्यामरा तथा फ्ल्याश लाईट राखिएकोछ । डुओल कोर प्रोसेसर भएको यो ट्याबलेटमा ४ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेकोछ ।
बर्ड मोबाइलले एन्जोए योर स्मार्ट लाईफ भन्ने नारासहित बिश्वबजारमा नयाँ ट्याबलेटको बिक्री सुरु गरेकोहो । पश्चिमी मुलुकहरुमा बिक्री पश्चात एसियाली बजारमा एसपि १००० मोडेलको बिक्रि सुरु गरिएको बर्ड मोबाईल हङकङले जनाएको छ।
ठुलो स्क्रीन भएकोले गर्दा भिडियो कल गर्न, फिल्म हेर्न, गेम खेल्न, च्याट गर्न अत्यन्त सजिलो हुने कम्पनीको दाबी छ। ३०००एमएएचको ब्याट्री क्षमता भएको यो ट्याबमा धेरै समयसम्म कुरा गर्न सकिन्छ । कम्पनीले यो ट्याबको खरिदमा स्मार्ट फ्लिप कभर सित्तैमा उपलब्ध गराएको छ भने ब्याट्रीमा छ महिना र ट्याबलेटमा १ बर्षको वारेण्टी उपलब्ध गराएको जनाएको छ ।
यसको बजार मूल्य कति हो भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् ।
प्रकाशित: १३ माघ २०७१, मंगलवार