सिटिसी मोबाइल बजार संचालनमा ढिलाई

Technology Khabar १६ पुष २०७१, बुधबार

सिटिसी मोबाइल बजार संचालनमा ढिलाई
फाईल फोटोः मोबाइल्स् खबर डटकम

काठमाडौं ।

काठमाडौं, १६ पुस । सिटिसी मोबाइल बजारमा अंग्रेजी नयाँ वर्ष सन् २०१५ को जनवरी १ तारिखदेखि नै पूर्णरुपमा संचालनमा आउने भनिएपनि केहि पसलहरु मात्र संचालनमा आएका छन् । काठमाडौंको सुन्धारामा अवस्थित सिटिसी मलमा अनौपचारीकरुपमा मोबाइल बजार शुरु भएको हो ।

मोबाईल बजार अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि नै सबै पसलहरु संचालन हुने भनेपनि पसलहरुको डेकोरेशन र निर्माणमा ढिलाई हुँदा पूर्णरुपमा संचालन गर्न केहि कठिनाई देखिएको व्यवस्थापन समूहका सदस्यहरुले जानकारी दिएका छन् । यसअघि अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिटिसी मलमा सिटिसी मोबाइल बजार संचालन हुने लगानीकर्ता तथा व्यवस्थापन समूहले जानकारी दिएको थियो । 11

व्यवस्थापन बजारका अध्यक्ष संदिप श्रेष्ठले भने मोबाइल बजार संचालन गर्ने निश्चित दिन र समय नतोकेको दाबी गर्दै छिटै बजार संचालन हुने जानकारी दिए । उनले मोबाईल बजारमा सर्भिस सेन्टर राख्नुका साथै प्रोमोशनल क्याम्पेन पनि गरिने बताए ।

उक्त मलको चौथो तथा पाँचौं तल्लामा मोबाइल बजार संचालन भएको हो ।2

केहि दिनभित्रमा बजारका सबै पसलहरु संचालन गरि औपचारिकरुपमा उदघाटन गरिने एक व्यवसायीले जानकारी दिए । ‘केहि अन्य प्राविधिक समस्याहरुका कारण मात्रै ढिला भएको हो,’ उनले भने, ‘हामी माघमा उदघाटन गर्ने तयारीमा लागेका छौं ।’

तर बजारमा केहि पसलहरु भने करिब १ सातादेखि नै संचालनमा आईसकेका छन् । मोबाईल बजारमा पसल संचालन शुरु गरिसकेका स्तुती इन्टरनेशनलका प्रोपराइटर खगेश्वर ढकालले ग्राहकहरु बजार शुरु नभएपनि मोबाईल खरिद गर्न आउने गरेको जानकारी दिए । ‘मैले पनि एक सातामा केहि मोबाईल सेटहरु बिक्री गरिसकेको छु,’ उनले भने, ‘सबै पसलहरु संचालनमा आएपछि बिक्री बढ्ला ।’3

सिटिसी मोबाइल बजारमा करिब १ सयवटा साना ठूला मोबाइल तथा ग्याजेटका पसलहरु रहने छन् भने विभिन्न मोबाइल ब्राण्डहरुले आफ्नो सर्भिस सेन्टरपनि संचालन गर्ने भएका छन् । उक्त बजारको चौथो तल्लामा विभिन्न ब्राण्डका मोबाइल, ग्याजेट्स, ट्याबलेट, ल्यापटप लगायतका सामाग्री बिक्रीका लागि तोकिएको छ भने पाँचौं तल्लामा सर्भिस सेन्टरहरु राखिने बताईएकोछ ।

उक्त स्थानमा सामसुंग, हुवावे, कार्वन, टेलिटकको कलर्स तथा जियोनी, पानासोनिक, एलजी, माइक्रोम्याक्सलगायतका ब्राण्डहरुले आफ्ना आधिकारिक सर्भिस सेन्टर संचालन गर्नेछन् ।

यो पनि हेर्नुहोस्

https://technologykhabar.com/ctc-mobile-bazar-will-open-from-jan1st-2015/

easy care

प्रकाशित: १६ पुष २०७१, बुधबार

ताजा समाचार