ट्विटरको नयाँ फीचर मोबाइलमा ट्वीट ट्रयाकिङ प्रणाली

Technology Khabar १३ पुष २०७१, आईतवार

ट्विटरको नयाँ फीचर मोबाइलमा ट्वीट ट्रयाकिङ प्रणाली

काठमाडौं ।

काठमाडौं, १३ पुस । ट्विटरले आफ्नो मोबाइल एपमा नयाँ फीचर थप गरेको छ । जसको मद्धतले आफ्नो ट्विटर कति जनाले पढे, रीट्विट गरे अथवा आफ्नो पोष्टमा दिएको लिंकमा कतिजनाले क्लीक गरेभन्ने थाहा पाउन सकिन्छ । ट्विटरका सफवेयर ईन्जिनियर म्यानेजर इयान चानले ट्विटरको एनालिटिक्स पेजमा साइन इन गर्नुपर्ने र कम्पनीले प्रयोगकर्ताको मोबाइल तथ्यांकको संग्रह शुरु गर्न सक्ने बताए।

सफ्टवेयर उत्पादन क्षेत्रको अग्रणी वेवसाइट सिनेट डटकमका (Cnet.com) अनुसार प्रयोगकर्ताले ट्विटरको नयाँ फीचर प्रयोग गर्न ट्विटर आईफोन एपलाई अपग्रेड गर्नुपर्ने हुन्छ । यसपछि प्रयोगकर्ताको ट्विटर एप खोल्ने र कुनै पुरानो ट्वीटमा ट्याप गर्नुपर्दछ, ट्वीटको सिधा तल्लो भागमा ‘भ्यू एनालिटिक्स डीटेल्स’ नामको लिंक देखिनेछ ।

यो लिंकमा जानेवित्तिकै ट्विटरले प्रयोगकर्तालाई उक्त ट्वीटसँग सम्बन्धित तथ्यांकहरु दिनेछ । यसमा इम्प्रेशन्सको कुल संख्या प्रयोगकर्ताको ट्वीट हेर्ने व्यक्तिहरुको कुल संख्या बताउने छ भने एन्गेजमेन्ट्सका रुपमा दिईएको संख्याले त्यो ट्वीटको साथमा भएका सबै गतिविधिहरु, जस्तो रीट्वीट वा फेभरेट गर्नेको कुल संख्या बताउनेछ ।

अझ तल गएमा एन्गेजमेन्ट तथ्यांकलाई प्रतिशतको रुपमा देख्न सकिन्छ । ट्विटरले हाल यो सुविधा केबल एप्पलको आईओएस अपरेटिङ सिष्टममा संचालन हुने डिभाइसहरुमा मात्र प्रदान गरिरहेको छ । तर ट्विटरको यो नयाँ फचिर एन्ड्रोयड, विण्डोज वा अन्य अपरेटिङ सिष्टममा संचालन हुने डिभाइसहरुमा पनि छिटै ल्याउने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: १३ पुष २०७१, आईतवार