Technology Khabar २१ मंसिर २०७१, आईतवार
काठमाडौं ।
काठमाण्डौं, २१ मंसिर । भारतीय मोबाइल निर्माता कम्पनी जोलोले नयाँ ओमेगा (Omega) सीरीजका दुई स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ स्मार्टफोनको नाम ओमेगा ५.० (Omega 5.0) तथा ओमेगा ५.५ (Omega 5.5) राखेको छ । कम्पनीले हालै ट्वीटरमार्फत ओमेगा सीरीजका यी दुई स्मार्टफोन भारतका १० मूख्य मूख्य शहरहरुमा उपलब्ध हुने जानकारी दिएको छ ।
जोलोको ओमेगा ५.० डिसेम्बर १० तारिखदेखि ग्राहकहरुले खरिद गर्न पाउनेछन भने ओमेगा ५.५ स्मार्टफोनको लागि भने २० डिसेम्बरसम्म कुर्नुपर्ने हुन्छ ।
ओमेगा सीरीजको यी दुई स्मार्टफोनको ब्याक प्यानल कर्ब्ड तथा एजेस राउण्ड रहेको छ । कम्पनीले ओमेगा सीरीजका स्मार्टफोनहरुको साइडमा मेटालिक रिम (Metalic Rim) पनि राखिने घोषणा गरेको छ ।
जोलोको यी दुई स्मार्टफोनका साथमा भोडाफोनको अफर पनि उपलब्ध रहेको छ ।
कम्पनीले ओमेगा सीरीजका स्मार्टफोनहरुमा एन्ड्रोयड ललिपप ५.० अपग्रेड गर्ने जानकारी दिएको छ तर यो कहिलेसम्म हुन्छ भने मिति भने तोकिएको छैन् ।
दुवै स्मार्टफोनहरुमो कम्पनीले आफ्नो हाईभ यूआई (HIVE UI) को प्रयोग गरेको छ । यसभन्दा अगाडि हाईभ यूआई जोलो ८ एक्स १००० (Xolo 8X-100) स्मार्टफोनमा प्रयोग गरिसकेको थियो । यो यूआईमा जोलोले केहि आकर्षक फीचर्स थप गरेको छ ।
यो दुवै स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । जोलोको ओमेगा ५.० को बजार मूल्य ८ हजार ९ सय ९९ तथा जोलो ओमेगा ५.५ को बजार मूल्य ९ हजार ९ सय ९९ भारतिय रुपैंया राखिएको छ ।
नेपालमा यी स्मार्टफोनहरु कहिले उपलब्ध हुन्छन भन्ने केहि जानकारी छैन् । नेपालमा ओमेगाको फोनहरु सीजी इम्पेक्सले आयात तथा बिक्री गर्दै आएको छ ।
हेरौ जोलो ओमेगाका फीचरहरु
अन्य फीचर | जोलो ओमेगा 5.0 | जोलो ओमेगा 5.5 |
डिस्प्ले | 5.0 इंच | 5.5 इंच |
प्रोसेसर | 1.4 गीगाहर्जअक्टाकोर | 1.4 गीगाहर्जअक्टा कोर |
फ्रंट क्यामरा | 2 मेगापिक्सल | 2 मेगापिक्सल |
र्याम | 1 जीबी | 1 जीबी |
अपरेटिंग सिस्टम | एंड्रोयड 4.4 किटक्याट | एंड्रोयड 4.4 किटक्याट |
मेमोरी | 8 जीबी | 8 जीबी |
प्राइमरी क्यामरा | 9 मेगापिक्सल | 13 मेगापिक्सल |
ब्याट्री | 2100 एमएएच | 2600 एमएएच |
प्रकाशित: २१ मंसिर २०७१, आईतवार