सामसुङको स्मार्टफोन क्याफे अब विराटनगरमा पनि

Technology Khabar १८ मंसिर २०७१, बिहीबार

सामसुङको स्मार्टफोन क्याफे अब विराटनगरमा पनि

काठमाडौं ।

काठमाडौं, १८ मसिर । नेपालकालागि सामसुङको आधिकारिक वितरक आइएमएसले विराटनगरमा १६औँ ब्राण्डशप खोलेको छ। मेनरोडमा रहेको यो ब्राण्डशप जावलाखेलको ब्राण्डशप पछि दोस्रो यस्तो स्मार्टफोन क्याफे हो जहाँ कस्टमर सर्भिस सेन्टर पनि रहेको छ ।

सामसुङ स्मार्टफोन क्याफेमा ग्राहकहरुले सामसुङका स्मार्टफोन, ग्याजेटहरु र एसेसरीजहरु खरिद गर्नु अगावै प्रयोग गरेर सम्पूर्ण अनुभव गर्न पाउने कम्पनीले जनाएकोछ ।

साथै, ग्राहकले सामसुङका फोनहरु बारे विशेषज्ञहरुको सल्लाह र सुझाव पनि लिन सक्छन् । नयाँ एप डाउनलोड वा पुरानो अपग्रेड पनि सोही ब्राण्डशपमा गर्न पाउनेछन् ।

आइएमएसका मार्केटिङ शाखाका प्रमुख आयुष श्रेष्ठले विराटनगरमा स्मार्टफोनको लोकप्रियता बढ्दै गएकाले ग्राहकलाई उच्च सेवा प्रदान गर्न बिराटनगरमा स्मार्टफोन क्याफे खोलिएको बताए ।

easy care

प्रकाशित: १८ मंसिर २०७१, बिहीबार