पाँच सय घण्टा ट्याण्डबाइ दिने इन्टेक्सको अक्वा पावर

Technology Khabar १७ मंसिर २०७१, बुधबार

पाँच सय घण्टा ट्याण्डबाइ दिने इन्टेक्सको अक्वा पावर

काठमाडौं ।

काठमाडौं, १७ मंसिर । स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा ठूलो समस्या ब्याट्री ब्याकअपको समस्यालाई समाधान गर्ने उदेश्यका साथ इन्टेक्सले नयाँ स्मार्टफोन लन्च गरेको छ । भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४००० एमएएच क्षमताको ब्याट्री भएको इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्च गरेको हो ।01-intexaquapowerimage1

कम्पनीकाअनुसार यो स्मार्टफोनमा ४००० एमएएच क्षमताको ब्याट्री भएकोहुँदा इन्टेक्स अक्वा पावर स्मार्टफोन ११ घण्टाको टकटाइम तथा ५०० घण्टाको स्टान्डवाई समय दिनेछ । इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्चको अवसरमा इन्टेक्स टेक्नोलोजिजका मोबाइल विजनेस हेड संजय कुमार कलिरोनाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरेर इन्टेक्स अक्वा पावर निर्माण गरेको बताए ।Intex-Aqua-Power

इन्टेक्समा १.४ गीगाहर्जको अक्टा कोर मिडिया टेक प्रोसेसरद्धारा संचालित हुन्छ भने यो एन्ड्रोयड किटक्याट ४.२.२ भर्सनको अपरेटिङ सिष्टम राखिएको छ । यो स्मार्टफोनको भारतमा बजार मूल्य ८ हजार ४ सय ४४ रुपै‌या तोकिएकोछ ।

हेरौ इन्टेक्स अक्वा पावरका विशेषताहरुः

  • यसमा 5 इन्चको 480X854 पिक्सलसहितको IPS डिस्प्ले राखिएकोछ
  • यो स्मार्टफोन एंड्रोयड 4.2.2 किटक्याट अपरेटिंङ सिस्टमलाई सपोर्ट गर्दछ
  • इन्टेक्स अक्वा पावरमा 1.4GHz वाला अक्टा कोर मीडियाटेक प्रोसेसर राखिएकोछ
  • यसका साथै यसमा 8GB को इन्टरनल मेमोरी छ जसलाई एसडी कार्डद्धारा 32GB सम्म बढाउन सकिन्छ । यो स्मार्टफोनमा 1GB र्याम राखिएकोछ
  • इन्टेक्स अक्वा पावरमा 8 मेगापिक्सलको रीयर क्यामरा रहेकोछ भने 2 मेगापिक्सलको फ्रंट क्यामरा छ
  • इन्टेक्स अक्वा पावर 3G कनेक्टिविटीलाई सपोर्ट गर्दछ
easy care

प्रकाशित: १७ मंसिर २०७१, बुधबार