Monthly Archives: November 2014

एभरेष्ट बैंकको ७६औँ एटिम लेकसाईड, पोखरामा

काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंकले आफ्नो सन्जाल बिस्तार गर्दै पोखराको लेकसाईडमा नयाँ एटिएमको स्थापना गरेको छ । बैंकको पोखरामा यो दोस्रो एटिएम रहेको र यसका साथ बैंकको जम्मा एटिएम ७६ पुगेको छ । लेकसाईडमा भएको एक औपचारीक कार्यक्रममा उक्त एटिएमको समुद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरेका थिए ...

Read More »

रोयल स्ट्याग मेगा म्युजिकद्वारा नेपाली तारा ३ मा गीतकार प्रतिस्पर्धा गरिँदै

काठमाडौं २९ कातिक । रोयल स्ट्याग मेगा म्युजिकले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सांगीतिक प्रतियोगीताहरुमा सबैभन्दा पहिलो गीतकार प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । प्रतिस्पर्धाका आयोजक रोयल स्ट्याग मेगा म्युजिकले गीतकार प्रतिस्पर्धाका लागि नविनतम प्रणाली प्रस्तुत गरेको छ जसमा प्रतियोगीहरुले सर्वप्रथम कोका–कोला नेपाली तारा ३ को फेसबुक पेजमा गएर पेजको इनबक्समा आफ्नो नाम र ठेगानाका साथ आफूले ...

Read More »

होस गर्नुस आइफोनबाट डाटा चोरी होला

काठमाडौं, २८ कात्तिक । अमेरिकी सरकारले आइफोन तथा आइप्याड प्रयोगकर्ताहरुलाई ह्याकर्सले संवेदनशिल तथ्यांक चोरी गर्नसक्ने बारेमा सर्तक गराएको छ । अमेरिकी सरकारले एप्पलको अपरेटिङ सिष्टममा ह्याकर्सले प्रवेश गर्नसक्ने भन्दै सो बारेमा सर्तक गराएको हो । सरकारको तर्फबाट जारी अलर्टमा ह्याकरहरुले एप्पलको सेन्सेटिभ सेक्यूरिटीलाई क्रयाक गरेर प्रयोगकर्ताहरुको डाटा चोरी गर्नसक्ने बताईएको छ । अमेरिकाको नेशनल साइबर सेक्यूरिटी एण्ड कम्यूनिकेशन्स इन्टीग्रेशन सेन्टर ...

Read More »

स्मार्टफोन सुरक्षा गर्न सामसुंग र ब्लाकबेरीको सहकार्य

काठमाडौं, २८ कात्तिक । पछिल्ला दिनहरुमा स्मार्टफोनको सुरक्षा मुख्य चुनौतीको रुपमा देखिँदै आएको छ । स्मार्टफोनमा भएका विभिन्न तथ्यांकहरु चोरी हुनु वा ह्याक हुनबाट बचाउनु प्रयोगकर्ताको लागि पनि चुनौती भएको छ । यहि समस्याबाट पार पाउनको लागि र स्मार्टफोन प्रयोगकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन सामसुंग र ब्लाकबेरीबिच साझेदारी भएको छ । मोबाइल सेक्यूरिटी सोल्यूशनको लागी परिचित क्यानेडियन मोबाइल फोन निर्माता कम्पनी ...

Read More »

भिडियोकोनको पातलो फोन इन्फिनियम ‘जेड५० क्वाड’

काठमाडौं, २८ कात्तिक । भारतीय इलेक्ट्रोनिक्स कम्पनी भिडियोकोनले नयाँ स्टायलिश स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले इन्फिनियम जेड ५० क्वाड (Infinium Z50 Quad) स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन कम्पनीको इन्फिनियम सीरीजअन्तरगत कम्पनीले निर्माण गरेको हो । यो फोनमा ५ इन्चको क्यूएचडी स्क्रीन राखिएको छ भने १.३ जीएचजेड क्वाड कोर प्रोसेसरयुक्त रहेको छ । नयाँ फोन एन्ड्रोयड ४.४ किटक्याट ...

Read More »

प्रयोगकर्ताको मूड बताउने एलजीको ‘एका’

काठमाडौं, २७ कात्तिक । कोरियाली कम्पनी एलजीले चार नयाँ स्मार्टफोन लन्च गरेको छ । यी स्मार्टफोनहरुको विशेषता भनेको फोनको माथिल्लो प्यानल हो जसले यूजरको मूडलाई प्रतिविम्बित गर्दछ । यो प्यानलमा एनिमेशनको माध्यमबाट यूजरको मूडलाई देखाउने व्यवस्था गरिएको छ । यसलाई यूजरले आफ्नो अनुकुल परिवर्तन पनि गर्न सक्दछ । एलजीले यस्तो फोनलाई एका (AKA) सीरीजको नाम दिएको छ । पछिल्लो महिना ...

Read More »

ब्लाकबेरीले भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्ने

काठमाडौं, २७ कात्तिक । क्यानेडियन मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले नयाँ सेवा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीबीएम (Blackberry Messaging) द्धारा भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्न लागेको हो । कम्पनीले विहिवार सान फ्रान्सिस्कोमा कर्पोरेट कस्टमर्सका लागी एक इभेन्ट आयोजना गर्न लागेको छ । सोहि कार्यक्रममा कम्पनीले आफ्नो कम्यूनिकेशन सिष्टमको नयाँ भर्सन सार्वजनिक गर्नेछ । यसका साथै कम्पनीले सबैभन्दा ...

Read More »

आँखा झिम्क्याएपछि सेल्फी खिच्ने पानासोनिकको ‘एलुगा एस’

काठमाडौं, २७ कात्तिक । जापानी कम्पनी पानासोनिकले भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एलुगा सीरीजको एलुगा एस (Eluga S) सार्वजनिक गरेको हो । पानासोनिकले भारतीय बजारमा पहिले नै आफ्ना ट्याबलेट तथा फोनहरु सार्वजनिक गरीसकेको छ । हाल सार्वजनिक गरेको स्मार्टफोन एलुगा सीरीजको तेस्रो स्मार्टफोन हो जुन सेल्फी केन्द्रित रहेको छ । यो फोन बजारमा भने ...

Read More »

एनसेल एप क्याम्पका सहभागीलाई कर्पोरेट क्षेत्रको सुझाव

काठमाडौं, २७ कात्तिक । एनसेलले एप क्याम्पका उत्कृष्ट १५० समूहमध्ये कर्पोरेट सोल्यूसन्सअन्तर्गत मोवाइल एप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदानगर्ने उद्देश्यले बुधबार छुट्टै सेमिनारको आयोजना गरिएको छ । सेमिनारमा विषयगत क्षेत्रका विज्ञहरुले एप क्याम्पका प्रतिस्पर्धीहरुलाई स्थानीय आवश्यकता र बजारलाई बुझेर एप निर्माण गर्न सुझाव दिएका हुन् । सहभागीहरुलाई सम्बन्धित विषयबारे थप ज्ञान प्रदान गर्ने र प्रभावकारी एप निर्माणका लागि हौसला ...

Read More »

माइक्रोम्याक्सको नयाँ ‘क्यानभास निट्रो’ बजारमा

काठमाडौँ, २७ कातिक । माइक्रोम्याक्स इन्फरम्याटिक्स् लिमिटेडले नेपाली बजारमा माइक्रोम्याक्स क्यानभास निट्रो ए ३१० (Micromax Canvas Nitro A310) ल्याएको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा अग्रणी स्थानमा रहेको माइक्रोम्याक्सले चम्किलो स्वरुप, उत्कृष्ट प्रदर्शन र अभिनव यूजर इन्टरफेशका साथै ग्राहकहरुलाई चाहिने सबै प्रकारका एप्सहरु भएको सो फोनले ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनको उद्घाटनका क्रममा बोल्दै माइक्रोम्याक्सका ...

Read More »