सामसुंग स्मार्टफोन भारतीय बजारमा पहिलो रोजाईमा

Technology Khabar १२ मंसिर २०७१, शुक्रबार

सामसुंग स्मार्टफोन भारतीय बजारमा पहिलो रोजाईमा

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । इन्टरनेशल डाटा कर्पोरेशन (आईडीसी) ले भारत एशियामा स्मार्टफोनको लागि सबैभन्दा तिब्रगतिले बढिरहेको बजार भएको जनाएको छ ।

आईडीसीका अनुसार अहिलेसम्म भारतीयहरुका लागि सामसुंग मनपरेको स्मार्टफोन कम्पनी हो । यहि आधारमा सामसुंग भारतीय बजारमा पहिलो स्थानमा रहेको छ ।

विहिवार सार्वजनिक गरेको आईडीसीको अन्तिम त्रैमासिक रिपोर्टका अनुसार बिक्रेताहरुले लगभग २३.३ मिलियन स्मार्टफोन बिक्री गरेका छन् । बिक्री भएका मध्ये सबैभन्दा बढि स्मार्टफोन बिक्री गर्ने कम्पनीहरुमध्ये टप पाँचमध्ये सामसुंग पहिलो स्थानमा रहेको छ । सामसुंगलाई माइक्रोम्याक्सले पछ्याईरहेको छ भने त्यसपछि लाभा तेस्रो, कार्बन चौथो र मोटोरोला पाँचौं स्थानमा रहेका छन् ।

यो रिपोर्टका अनुसार सामसुंगले भारतीय बजारमा २४ हिस्सा ओगटेर पहिलो स्थानमा छ भने दोस्रो स्थानमा भएको माइक्रोम्याक्सको बजार हिस्सा २० प्रतिशत रहेको छ ।

भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा र कार्बनको बजार हिस्सा समान ८ प्रतिशत रहेको छ भने पाँचौं स्थानमा रहेको मोटोरोलाको भारतीय स्मार्टफोन बजार हिस्सा ५ प्रतिशत रहेको छ ।

easy care

प्रकाशित: १२ मंसिर २०७१, शुक्रबार