चीनमा एचटीसी डिजायर ८२०एसको १२ लाख ६० हजार सेट प्रि-अर्डर

Technology Khabar ९ मंसिर २०७१, मंगलवार

चीनमा एचटीसी डिजायर ८२०एसको १२ लाख ६० हजार सेट प्रि-अर्डर

काठमाडौं ।

काठमाडौं, ९ मंसिर । एचटीसी चीनले डिजायर ८२०एस (HTC Desire 820s) को प्रि-अर्डरको बारेमा जानकारी दिएको छ । कम्पनीले दिएको रिपोर्ट अनुसार चीनमा १.२६ मिलियन अर्थात १२ लाख ६० हजार मानिसहरुले यो फोनको लागि प्रि-अर्डर गरेका छन् ।

कम्पनीले चीनियाँ सोशल नेटवर्क साइट क्यूजोन (Qzone)मा एक पोष्ट गरेर यसको बारेमा जानकारी दिएको थियो । जानकारी अनुसार प्रि-अर्डर शुरु भएपछि १.२६ मिलियिन व्यक्तिहरुले यो फोनको लागि रजिष्ट्रेशन गरेका छन् । रिपोर्टका अनुसार त्यसबेला एचटीसी डिजायर ८२०एस को ५० हजार यूनिट मात्र उपलब्ध रहेको थियो ।htc-desire-820_10-665x374

विशेषत: डिजायर ८२० एस डिजायर ८२० फ्ल्यागशिप स्मार्टफोनको प्रोसेसर अक्टा कोर भेरियन्ट हो । १.७ गीगाहर्जको ६४ बिट अक्टा कोर प्रोसेसरका साथै यो फोनमा ५.५ इन्चको एचडी स्क्रीन राखिएको छ । यो फोनको रियर क्यामरा १३ मेगापिक्सलको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

यो फोनको क्यामराले निकै कम प्रकाशमा पनि राम्रो तस्विर खिच्ने कम्पनीको दाबी छ । फोनमा २ जीबीको र्याम राखिएको छ भने १६ जीबीको इन्टरनल मेमोरी पनि छ, जुन एसडी कार्डको माध्यमबाट १२८ जीबीसम्म थप गर्न सकिन्छ ।HTC-Desire-820s-has-plenty-of-interest-in-China

यसमा २६०० एमएएच क्षमतको ब्याट्री छ भने किटक्याट ४.४ अपरेटिङ सिष्टममा आधारीत रहेको छ । फोनमा फोर जी कनेक्टिभिटीको सुविधा पनि छ जुन १५० एमबीपीएस सम्मको स्पीडमा चल्दछ । त्यसैगरी फोनमा स्टेरियो अडियो ज्याक, ब्लूटूथ, वाइफाई पनि राखिएको छ ।

  • फोनको स्क्रिन 5.5 इंचको HD हो
  • यसको डिस्प्ले 720×1280 पिक्सलको छ
  • फोनको फ्रंट क्यामरा 8 मेगापिक्सल छ भने रियर क्यामरा 13 मेगापिक्सलको छ जसमा BSI सेंसरका साथ f/2.2 का अपार्चर पनि रहेको छ
  • फोनको क्यामराले कम उज्यालोमा पनि निकै आकर्षक फोटो खिच्न सक्दछ
  • HTC डिजायर 820 मा क्वालकम स्न्यापड्र्यागन 615 (1.5 गीगाहर्ज, ओक्टाकोर सीपीयू तथा 1.0 गीगाहर्टज ओक्टाकोर सीपीयू) रहेको छ
  • फोनमा 2 जीबीको र्याम तथा 16 जीबीको इंटरनल मेमोरी छ । साथमा यसमा 128 जीबीको मेमोरी SD कार्डद्धारा राख्न सकिन्छ
  • फोनमा 2600mAh को ब्याट्री छ
  • फोनको अपरेटिंग सिस्टम किटक्याट 4.4 हो जसमा HTC सेंस पनि राखिएको छ
  • फोनमा स्टेरियो अडियो ज्याक, ब्लूटूथ, वाई-फाई को निकै राम्रो क्वालिटी छ
  • फोनमा 4जी कनेक्टिविटीको भी सुविधा छ जुन 150mbps सम्मको स्पीडमा पनि संचालन हुन्छ

यो पनि हेर्नुहोस्-

https://technologykhabar.com/htc-desire-820-smartphones-features/

easy care

प्रकाशित: ९ मंसिर २०७१, मंगलवार