माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

Technology Khabar ३ मंसिर २०७१, बुधबार

माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

काठमाडौं ।

काठमाडौं, ३ मंसिर । भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले मंगलवार नयाँ रेन्जको डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले द्रूत गतिमा बढ्दै गरेको प्रविधिका उत्साहिहरुको सेगमेन्टलाई केन्द्रित गरेर यू ब्राण्ड (Yu)अन्तरगत नयाँ रेन्जको डिभासहरु सार्वजनिक गरेको हो ।

माइक्रोम्याक्सको सहायक कम्पनी यू टेलिभेन्चर्स् (Yu Televentures), जसले अन्तिम प्रयोकताहरुको अनुकुलित अनुभवको बारेमा काम गर्न क्यानोगेन (Cyanogen)सँग सहकार्य गरेको छ ।

कम्पनीको पहिलो हेडसेट आगामी महिनामा लन्च हुने अनुमान छ । जसको विस्तृत बिवरण तथा मूल्यको बारेमा भने केहि जानकारी छैन् ।

‘यो भारतमा मात्र नभई विश्वभर गेम चेन्जर हुनेछ । यूले कनेक्टेड डिभाइसहरुको इकोसिष्टम निर्माण गर्नेछ र प्रयोगकर्तालाई अनूकुलित अनुभवको लागि आग्रह गर्ने कल्पना गरेको छ ।’ माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले भारतीय समाचार सँस्था पिटीआईसँग भने ।

यो ब्राण्ड सिधै अन्तिम प्रयोगकर्ताहरुसँग आबद्ध हुनेछ, जसले उनिहरुलाई ‘बुटलेगर एक्सेस’ दिँदै उनिहरुको फोनमा आवश्यक सफ्टवेयरहरु अपग्रेड गर्न सहयोग गर्ने उनले बताए ।

एन्ड्रोयडमा आधारित क्यानोगेन अपरेटिङ सिष्टम उच्चस्तरको आधुनिक सफ्टवेयर निर्माण गर्नमा चिनिन्छ, जसले मोबाइल डिभाइसमा परफरमेन्स, कष्टमाइजेशन, सेक्यूरिटी र प्राइभेसी फीचर्सलाई परिस्कृत गर्दछ ।

शर्माले नयाँ ब्राण्डले माइक्रोम्यासको बजार हिस्सा कब्जा नगर्ने जानकारी पनि दिए । उनका अनुसार यू ब्राण्डले त्यस्ता डिजिटल निवासी, प्रविधि उत्साहीहरुलाई लक्षित गर्ने छ जो  फोनभन्दा पनि अधिक चाहन्छ  ।

यू ले इकर्मश प्लेयर्सहरुसँग पनि प्रोडक्ट अनलाइन बिक्री गर्ने विषयमा छलफल गरिरहेको छ ।

भारतमा स्मार्टफोनको बजार बृद्धि हुँदै गएको छ जसमा कोरियाली कम्पनी सामसुंग २९ प्रतिशत शेयर सहित पहिलो स्थानमा छ भने १८ प्रतिशतको बजार हिस्सा सहित माइक्रोम्याक्स दोस्रो स्थानमा छ ।

easy care

प्रकाशित: ३ मंसिर २०७१, बुधबार