नेपालको सांगितिक प्रतिभाहरुको छनौट अब अन्तिम ४० जनाबीच

Technology Khabar १४ कार्तिक २०७१, शुक्रबार

नेपालको सांगितिक प्रतिभाहरुको छनौट अब अन्तिम ४० जनाबीच

काठमाडौं ।

काठमाडौं, १४ कात्तिक । नेपालको गायन प्रतिभाको खोजिलाई निरन्तरता दिंदै सबैभन्दा ठूलो गायन रियालिटि सो कोका–कोला नेपाली तारा ३, दोस्रो चरणमा ४० जना प्रतियोगिहरु मात्र छानिएका छन् । दोस्रो चरणमा २३४ प्रतियोगिहरु सहभागी भएका थिए ।

यो रियालिटि सो एनसेलसंगको सहकार्यमा कोका–कोलाले प्रायोजन गरेको छ । वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकाल प्रतियोगिताका जज हुन् । जजहरुको आगामी प्रतियोगीताका लागि उत्साहीत छन् किनकि यस वर्ष प्रतियोगिहरु प्रसिद्ध टाइटल जित्नका लागि पूर्ण तयारिका साथ कटिबद्ध रहेका छन् ।

विभिन्न परिवेशबाट आएका प्रतियोगिहरुले कोका–कोला नेपाली ताराको तेस्रो संस्करणको पियानो राउण्डमा प्रदर्शन गरे ।

चितवनका १४ वर्षिय सांगीतिक प्रतिभा लक्ष्मण चापागाईंले पियानो राउण्मा उत्कृष्ट प्रर्दशन गरि अन्तिम ४० मा छनौट भएका छन् । यसैगरि सरिता पन्थि सुनुवार नेपाली तारा दोस्रो संस्करण कि प्रतियोगी थिइन् जो अन्तिम ४० मा पर्न असफल भएकि थिइन् ।  यद्यपि, यो वर्ष उनि नेपाली ताराको प्रसिद्ध उपाधि जित्ने होडमा अन्तिम ४० मा पर्न सफल भएकि छिन् ।

निर्णायक राम कृष्ण ढकाल भन्छन् “अडिसन राउण्ड देखि अहिले सम्म, हामीलाई छनौट गर्ने धेरै गाह्र भएको छ किनकि प्रतियोगीहरु उत्कृष्ट छन् ।”

कोका–कोला नेपाली तारा ३ को अडिसन २ सेप्टेम्बर २०१४ धरानबाट सुरु भएको थियो ।

प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्  ।

Global Bank
easy care

प्रकाशित: १४ कार्तिक २०७१, शुक्रबार

ताजा समाचार