यस्तो छ बिक्यूको नयाँ स्मार्टफोन इ २ को फीचरहरु

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

यस्तो छ बिक्यूको नयाँ स्मार्टफोन इ २ को फीचरहरु

काठमाडौं ।

काठमाडौं, १० असोज । बिक्यू मोबाइलले दशैंको अवसर पारेर बजारमा ल्याएको स्मार्टफोन र ट्याबलेटहरुले अहिले निकै चर्चा पाइरहेका छन् । नेपालमा बिक्यू मोबाइलको आधिकारीक बिक्रेता होराइजन इन्टरप्राइजेज प्रालिले हाल बिक्यूको इ२ (एस३८) मोडलको स्मार्टफोन दशैंको अवसर पारेर बजारमा ल्याएको जानकारी दिएको छ । कम्पनीले इ २ र एस ३८ मोडल एकै भएको जानकारी समेत दिएको छ ।

कम्पनिले बजारमा ल्याएको इ २ मोडलको स्मार्टफोनमा ४ इन्चको डब्लूजिए आइपिएस एलसीडि स्क्रीन रहेको छ ।10708283_10203351715086469_31786804_n

यसमा एन्ड्रोइडको ४.४.२ किटक्याट अपरेटिङ सिस्टमले स्मार्टफोन प्रयोगकर्तालाई सन्तुष्टि प्रदान गर्ने कम्पनीको भनाई छ । त्यसैगरी वाइफाइको लागि डब्लू युआई लन्चर, वाईफाई, एफएम र थ्रीजीपनि रहेको छ ।10714852_10203351716326500_694592298_n

यो स्मार्टफोनमा १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर राखिएको छ जसले स्मार्टफोनलाई द्रूत प्रयोग गर्न सहयोग गर्दछ । 10711156_10203351715366476_1852131599_n

यो स्मार्टफोनमा ३ मेगापिक्सेलको क्यामेराको साथमा एलइडि फ्ल्यास रहेको छ भने फ्रन्ट क्यामेरा १.३ मेगापिक्सेलको छ जसले सेल्फी लिन निकै सहज हुनेछ ।

10705243_10203351716166496_23910253_n

बिक्यूको इ २ मोडलमा ५१२ एमबीको र्याम राखिएको छ भने ४ जीबीरोम रहेको छ जसलाई माइक्रो टिएफ कार्डमार्फत ३२ जीबीसम्मम बढाउन सकिन्छ । यो स्मार्टफोनमा भएको ब्याट्रिले न्यूनतम ३ घण्टा भिडियो हेर्न, ४ घण्टा वाईफाई चलाउन, ५ घण्टा कुरा गर्न र ४५० घण्टा मोबाईल फोनलाई स्ट्यान्डबाइमा राख्न सकिने बताईएको छ ।

974387_10203351715686484_976443167_n

कम्पनीले यसको बजार मुल्य करिब ७ हजार ५०० तोकेको छ भने नेपालका अधिकांश मोबाइल पसलहरुमा उपलब्ध भएको जनाएको छ ।

यसका साथै कम्पनीले एस ५० मोडलको ट्याबलेट पनि बजारमा ल्याएको छ ।

easy care

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार