एभरेष्ट बैँकले कोरियामा नोस्ट्रो एकाउन्ट खोल्यो

Technology Khabar ७ आश्विन २०७१, मंगलवार

एभरेष्ट बैँकले कोरियामा नोस्ट्रो एकाउन्ट खोल्यो

काठमाडौं ।

काठमाडौँ, ७ असोज । एभरेष्ट बैँकले सिओल, कोरियाको कोरिया एक्स्चेन्ज बैँकमा नयाँ नोस्ट्रो एकाउन्ट खोलेको छ । बैँककाअनुसार यसले कोरियामा वैदेशिक रोजगारका सिलसिलामा गएका कामदारहरुका लागि निकै सजिलो हुनेछ । कोरिया एक्स्चेन्ज बैँकका ग्राहकहरु तथा त्यहाँका अन्य नेपालीहरुले समेत एभरेष्ट बैँकमा रकम ट्रान्सफर गर्न सक्नेछन् । यस अगाडी एभरेष्ट बैँकले यस्तो सेवा सिओल, कोरियाको वूरी बैँकसँगको सहकार्यमा मात्र प्रदान गर्दै आएको थियो ।

हाल एभरेष्ट बैँकले आफ्ना ५३ शाखा, ५ एक्स्टेन्सन काउन्टर, २३ राजस्व संकलन काउन्टर, ७५ एटिएम, का साथ व्यावसायिक र कुशल सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: ७ आश्विन २०७१, मंगलवार