गोदरेज होम अप्लायन्सको दशैंतिहार उपहार योजना

Technology Khabar ३० भाद्र २०७१, सोमबार

गोदरेज होम अप्लायन्सको दशैंतिहार उपहार योजना

काठमाडौं ।

काठमाडौं । गोदरेज होम अप्लायन्सको नेपालका लागि आधिकारिक बिक्रेता इओएल प्रालिले दशैंतिहारलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ ।

उपहार योजनाअन्तर्गत ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजारसम्म नगद उपहार तथाबैंकक भ्रमण गर्न सक्नेछन् । उक्त योजना गोदरेजको रेफि्रजेरेटर तथा वासिङ मेसिनमा लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सिंगल डोर रेफि्रजेरेटरमा एउटा स्क्र्याच कार्ड र डबल डोर रेफि्रजेरेटरमा दुईवटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कम्पनीका नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपहार योजनामा सहभागी हुन सकिनेछ ।

गोदरेज अप्लाइन्सका सेल्स तथा मार्केटिङ म्यानेजर ललित कुमार मिश्रले ग्राहकहरुसँग दशैंतिहारमा खुशी साटासाट गर्न उपहार योजना ल्याएको बताए ।

easy care

प्रकाशित: ३० भाद्र २०७१, सोमबार