वर्ल्डलिंक कम्युनिकेसन्स १९औं वर्षमा प्रवेश

Technology Khabar ३० भाद्र २०७१, सोमबार

वर्ल्डलिंक कम्युनिकेसन्स १९औं वर्षमा प्रवेश

काठमाडौं ।

काठमाडौं, ३० भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि सोमबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । घरायसी प्रयोजनको लागि ५, १० र २५ एमबीपीएसको सेवा उचित मुल्यमा ल्याइसकेको वर्ल्डलिंकले आफ्नो १९औं वाषिर्कमहोत्सवलाई हर्ष उल्लासमय बनाउन डबल जुम अफर फेरि ल्याएको छ ।

यस्तै  केबल जुम र फाइबर जुमको १० र २५ एम.बी.पी.एस प्लानमा जति डाटाभोल्युम खरिद गर्यो उति नै बरावरको डाटा भोल्युम सितैमा पाउने योजना रहेको बताएको छ। एम.बी.पी.एस प्लानमा भने ५०% मात्रै बढी पाउन सकिनेछ । कम्पनीले यस अवसरमा तीन हजार रुपैयाँपर्ने जडान खर्चको हकमा भने वाषिर्क ग्राहकले शत प्रतिशत छुट, त्रैमासिकलाईरु.२००० र मासिकलाई रु.१००० छुट उपलब्ध गराउने जनाएको छ ।यो अफर केही समयको लागिमात्रै उपलब्ध हुने जनाएको छ।

देशको ६३जिल्लामा सेवा विस्तार गरिसकेको र ४५० भन्दा बढीलार्इ प्रत्यक्ष रोजगारीप्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ। आफ्नो उत्कृष्ट सेवाले ग्राहकको जीवन शैली अझ सम्बृद्ध बनाउने उद्दश्यरहेको  वर्ल्डलिंकले आफ्नो सेवा नेपालकै सबैभन्दा गुणस्तरीय सेवा हुनेविश्वास लिएको दाबी गरेको छ।

easy care

प्रकाशित: ३० भाद्र २०७१, सोमबार

ताजा समाचार