एप्पलको १० महत्वपूर्ण घोषणा यस्ता छन्

Technology Khabar २६ भाद्र २०७१, बिहीबार

एप्पलको १० महत्वपूर्ण घोषणा यस्ता छन्

काठमाडौं ।

काठमाडौँ, २६ भदौ । सेप्टेम्बर ९ तारिखमा एक कार्यक्रम गरेर एप्पलले सन् २०१४ का लागि कयौ महत्वपूर्ण घोषणा गरेको छ। कम्पनीले नयाँ एप्पल वाच, आइफोन ६ र आइफोन ६ प्लससहित एप्पलले गरेको दश वटा महत्वपूर्ण घोषणा यस्ता छन् ।

नयाँ आइफोन

एप्पलले दुई वटा नयाँ आइफोन सार्वजनिक गरेको छ। आइफोन ६ को स्क्रीनको साइज ४.७ इन्च छ । यही आइफोन ६ प्लसको स्क्रीन ५.५ इन्चको छ। जानकारहरुको दावीअनुसार ठुलो स्क्रीन गेमर्स र मिल्टिमिडिया युजर्सलाई रिझाउनेछ । जसबाट विशेषगरी युजर्सलाई एन्ड्रोयडतर्फ जानबाट रोक्नका लागि गरिएको हो ।

0909_FL-apple-iphone-6-announcement_2957x1663-1940x1091
नयाँ चिप

आइफोन ६ सिरिजमा नयाँ ‘ए–८’ चिप लागेको छ। जुन यो दुवै फोन्सलाई अरु तिब्र र शक्तिशाली बनाउनेछ ।

नयाँ अपरेटिङ सिस्टम

नयाँ आइफोन्समा आइओएस–८ अपरेटिङ सिस्टम हुनेछ । आइओएस–८ उपभोक्ताले १७ सेप्टेम्बरसम्म पाउन सक्ने छन् ।

ios_8_logo

क्यामेरा
नयाँ आइफोन्समा क्यामेरामा थप सुधार गरिएको छ। जसबाट हाई क्वालिटि भिडियो रेकर्डिङ र शार्प स्टिल फोटो लिन सकिनेछ । आइफोन ६ प्लसमा अप्टिकल इमेज स्टैबिलाइजेशन फिचरसमेत दिइएको छ।

फोनको मूल्य

आइफोन ६ र ६ प्लसको मूल्य अमेरिकामा कन्टैक्टका साथ १९९ देखि ४९९ डलर हुनेछ । नयाँ आइफोन्स सेतो, स्वर्ण रंग र स्पेस ग्रे गलरमा १९ सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय बजारमा पाइनेछ ।

एप्प वाच

निकै लामो प्रतिक्षापछि ऐपलले अन्ततः आफ्नो पहिलो स्मार्टवाच ‘एप्पल वाच’ सार्वजनिक गरेको छ। यो कयौ प्रकारमा उपलवध हुनेछ । यसको मूल्य ३४९ डलर तोकिएको छ।

apple-watch2

सबैभन्दा निकट घडी

एप्पलका अनुसार स्मार्टवाचका रुपमा उनीहरुले प्रयोगकर्तालाई अहिलेसम्मको सबैभन्दा निकट रहने ग्याजेट बनाएका छन् । यो घडीमा फिटनेशदेखि कयौ प्रकारका आवश्यक जानकारी दिने फिचर्ससमेत छ ।
एप्पल वाचका अधिकांश फिचर्स त्यहाँ रहेको एउटा डायलबाट नियन्त्रित हुनेछ । एप्पलले यसलाई ‘डिजिटल क्राउन’ भनेको छ।

एप्प पे

एप्पलले एउटा नयाँ प्रकारको पेमेन्ट गेटवे ‘एप्पल पे’ पनि सार्वजनिक गरेको छ। कम्पनीका सीइओ टिम कुका अनुसार उनी पसलमा किनबेचको तरिका परिवर्तन गर्न चाहन्छन् । यसपछि ग्राहकहरु पसलसम्म जानुपर्ने छैन ।

दुवै नयाँ आइफोन्समा ‘एप्पल पे’ उपलव्ध हुनेछ । यो एनएफचसी अर्थात नियर फिल्ड कम्युनिकेशन प्रविधिमा आधारित भएर काम गर्दछ । कम्पनीको दावीअनुसार यो सेवा निकै सुरक्षित हुनेछ । किनभने यसका लागि ऐपललाई तपाईको क्रेडिट कार्डको जानकारी सेभ गर्नु पर्दैन । साथै कुनै पसललाई भुक्तानीका लागि क्रेडिट कार्ड पनि दिनुपर्ने छैन ।iwatch_ap

यू२ को एल्बम आइट्युन्समा

एप्पलले कार्यक्रम समापन यु २ रक ब्याण्डको लाइभ प्रस्तुतीबाट भएको थियो । यही अवसरमा ब्याण्डले आफ्नो नयाँ एल्बमलाई अक्टोबरमा आइट्युन्समार्फत सार्वजनिक गर्ने जानकारीसमेत दिएको छ।

U2-cook

एजेन्सीहरु ।

easy care

प्रकाशित: २६ भाद्र २०७१, बिहीबार