माइक्रोम्याक्सको बोल्ट A064 बजारमा

Technology Khabar १६ भाद्र २०७१, सोमबार

माइक्रोम्याक्सको बोल्ट A064 बजारमा

काठमाडौं ।

काठमाडौं, १६ भदौ। माइक्रोम्याक्सले माइक्रोम्याक्स बोल्ट ए064 बजारमा ल्याएको छ । एण्ड्रोइडको किट क्याट ४.२.२ अपरेटिङ सिष्टम रहेको यो मोबाइलमा ३.५ इञ्चको स्क्रिन छ । यो स्क्रिन यस्तै अन्य फोनको तुलनामा उत्कृष्ट भएको कम्पनीको दाबी छ । यसमा रहेको १ दशमलव ३ गिगाहर्जको डुअल कोर प्रोसेसरले यसको क्षमता बढाएको छ । यसमा ४ जीवीको रोम छ । यसमा एलईडी  फ्ल्यास क्यामरा र १४०० एमएएचको ब्याट्री रहेको छ ।

यसको बजार मूल्य ६ हजार१ सय ७१ रुपैयाँ तोकिएको कम्पनीले जनाएकोछ ।

easy care

प्रकाशित: १६ भाद्र २०७१, सोमबार