एचपी र कम्प्याकका ल्यापटप प्रयोगकर्ताहरु सावधान !

Technology Khabar १५ भाद्र २०७१, आईतवार

एचपी र कम्प्याकका ल्यापटप प्रयोगकर्ताहरु सावधान !

काठमाडौं ।

काठमाडौं, १५ भदौ । आजको समयमा ल्यापटप युवाहरुको लागि आवश्यकताको वस्तु भएसकेको छ । तपाई पनि ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईको लागी नराम्रो खबर छ । अझ तपाई एचपी वा कम्प्याक ब्राण्डको ल्यापटप प्रयोग गर्नुहुन्छ भने होशियार हुनुहोस ! एचपी र कम्प्याक ब्राण्डको ल्यापटपमा प्रयोग भइरहेको केबलमा आगो लाग्ने संभावना रहेको छ । यसको खतराले गर्दा अमेरिकी कम्पनी एचपीले आफ्नो ल्यापटपको अहिलेसम्मको सबैभन्दा ठूलो ‘कलब्याक’ अर्थात फिर्ता लिने सूचना जारी गरेको छ ।

0088563129741_500X500
यूएस कन्ज्यूमर सेफ्टी कमिशनका अनुसार एचपीले आफ्नो ब्राण्डको बिक्री भइसकेकोको ६० लाख भन्दा बढि एलएस १५ केबल फिर्ता मगाएको छ । महत्वपूर्ण विषय यो होकी एचपी र कम्प्याकको २०१० सेप्टेम्बर देखि २०१२ जून महिनाको बिचमा बिक्री भएको सबै मोडलहरुमा केबल जल्ने समस्या भेटिएको छ । यो समयबिचमा खरिद गरिएको ल्यापटपहरुका ग्राहकहरुले एचपीको वेवसाइटमा गएर साट्न पनि सक्ने बताईएको छ ।

कम्पनीले फिर्ता मगाएको ६० लाख पावर कर्डमध्ये ५६ लाख ग्राहकहरु केबल अमेरिकामा मात्रै रहेका छन् भने बाँकी ४ लाख ग्राहकहरु क्यानाडा र अन्य देशहरु रहेका छन् । कम्पनीको जानकारीमा २९ वटा पावर कर्ड जलेको वा अधिक तातो भएको गुनासोहरु आएका छन् ।जसको आधारमा कम्पनीले यो निर्णय लिएको हो । यतिमात्र होइन कम्पनीले आफ्ना ग्राहकहरुलाई तत्काल सूचना जारी गरेर पावर कर्ड प्रयोग गर्नपनि रोक लगाएको छ । एजेन्सी

easy care

प्रकाशित: १५ भाद्र २०७१, आईतवार